Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
दार्चुला
२०८० चैत ०६ गते मङ्गलबार

मार्मा घट्नामा प्रमुख प्रशाकिय अधिकृत अधिकारी थुनामा ।

दार्चुला जिल्लाकाे मार्मा गाउँपालीका का प्रमुख प्रशासकिय अधिकृत राेषन अधीकारी प्रक्राउ परि थुनामा पुगेका छन ।
पालिका कार्यालयमा निवास रहेका अधिकारिकाे निवासमा आगलागी भएकाे थियाे । फागुन २४ गते राती कार्यालयमा आगलागी भएपछि । अधिकृत अधिकरी माथी आक्रमण भएकाे भन्दै अपराधिक तत्व वा आगजनी गर्नेकाे खाेजि गर्नुपर्ने बिषय ब्यापकता साथ उठेकाे थियाे ।
पालीका अध्यक्ष समेत काठमाडौं रहेका समयमा घट्ना भएकाे थियाे । चैत्र ४ गते आईतबार पालिकाले अधिकारिकाे नाममा जाहेरि दिएपछि प्रहरी तत्काल पक्राउ गरि साेमबार जिल्ला अदालत दार्चुलामा आपराधिक उपद्रवकाे मुद्दा दर्ता गरि सात दिनकाे म्याद थप भई अनुसन्धान भईरहेकाे छ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ताले जानकारी दिएका छन ।
प्रवक्ताका अनुसार प्रारम्भिक अनुसन्धानमा अधिकारीले नै घट्ना गरेकाे देखिएकाे छ ।
स्राेतका अनुसार अधिकृत अधिकारिले कार्यालयमा प्रवेश गर्ने मुख्य ढाेकामा ताला हराएकाे भन्दै साे दिनकाे राति ताला नलगाएकाे, साझ नजिककाे पसल बाट लाईटर आदि सामान खरिद गरेकाे, पछि हराएको ताला भित्रै फेला परेकाे लगायत विभिन्न तथ्याङ्कले अधीकारीले नै आगजनी गरेकाे आशंका गरिएकाे थियाे ।
अधिकारी  आफैले कार्यालयमा आगजनी गरि, बाहिर आफुमाथी आक्रमण गर्न खाेजेकाे जनाउदै मार्मा छाेड्ने चाहेकाे आशंका गरिएकाे छ । अधिकृत भई कार्यालयमा हाजिर भएकाे एक बर्ष परिक्षण काल पूरा नहुदा सरुवा नभएकाे बताईन्छ ।
याे मुद्दामा दाेसि ठहर भए स्थानिय तहकाे कार्यालयमा ५ देखि १२बर्ष कैद र बिगाे बमाेजिम जरिमाना हुन सक्ने मुलुकि संहितामा उल्लेख छ ।

 


#मार्मा प्रशासकिय प्रमुख थुनामा

प्रतिक्रिया