Samriddhipost
२०८१ जेठ ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८० चैत ३० गते शुक्रबार

सिटि स्यानका लागि महाकाली अस्पतालले थाल्याे पहल

महाकाली प्रादेशिक अस्पतालले सिटी स्क्यान सेवा सञ्चालनका पहल थालेकाे छ । अस्पताल ब्यावस्थापन समिति अध्यक्ष समेतका टाेली मेसिन माग गर्दै प्रदेश र संघ सरकारसम्म पुगेको छ । अस्पतालमा सिटी स्क्यान नहुँदा विरामीहरु जिल्ला बाहिर जान बाध्य छन् ।
अस्पताल आएका विरामीलाई सेवा नभएर बाहिर पठाउनु पर्ने बाध्यता भएपछि अस्पतालले सेवा सञ्चालनका लागि पहल गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार र संघ सरकार दुबैसित सिटी स्क्यानका लागि माग गरिएको हो ।
महाकाली प्रादेशिक अस्पताल ब्यावस्थापन अध्यक्ष कृष्णानन्द भट्ट किरणले सिटी स्क्यान सेवा सञ्चालनका लागि संघ र प्रदेश सरकारसित पहल गरिएको बताए ।
‘सवारी दुर्घटना लगायतका विभिन्न रोगका विरामीको जाँच गर्न अहिले जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता छ, अस्पतालमा सेवा दिन सेवा सञ्चालनको पहल गरिएको छ’ उनले भने ।
महाकाली प्रादेशिक अस्पतालमा आएका विरामीहरु सिटी स्क्यानका लागि कैलालीको धनगढी जान बाध्य छन् । अस्पतालका अनुसार सिटी स्क्यान सेवाका लागि मेसिन किन्न मात्रै करिव १० करोड खर्च लाग्ने गर्छ । अस्पतालले सेवा विस्तारलाई प्राथमिकता दिएपछि सिटी स्क्यान सेवा सञ्चालनका लागि पहल गरिएको हो ।
अहिले अस्पतालमा विशेषज्ञ सहित ३० जना चिकित्सक कार्यरत छन् । २०७४ अघि ४-६  जना चिकित्सकको भरमा अस्पताल सञ्चालन हुँदै आएको थियो ।
महाकाली प्रादेशिक अस्पताल अध्यक्ष भट्टले अस्पतालमा सेवा विस्तार अन्र्तगत सिटी स्क्यान सेवा सञ्चालनका लागि पहल गरिएको बताए । ‘यो एकदम आवश्यक छ, धनगढी जानु पर्ने बाध्यता छ, त्यस कारण सिटी स्क्यानका लागि लागि रहेका छौ’ उनले भने ।


#सिटि स्क्यान #महाकाली अस्पताल

प्रतिक्रिया