Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८१ बैशाख ०९ गते आइतबार

भिमदत्तका ३ विद्यालयमा मन्त्रीकाे अनुगमन

शिक्षा विज्ञान तथा प्रविधीमन्त्री सुमना श्रेष्ठले कञ्चनपुरका तीन सामुदायिक विद्यालयको अवलोकन गरेकी छिन । आइतबार बिहान भीमदत्त नगरपालिका क्षेत्रका तीन सामुदायिक विद्यालयको अवलोकन गरेकी हुन । 

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका लागि कञ्चनपुर आएकी शिक्षामन्त्री श्रेष्ठले दीक्षान्त समारोह पुर्व भीमदत्त नगरपालिका तीन सामुदायिक विद्यालयको अनुगमन अवलोकन गरेकी हुन । राष्ट्रिय स्वतन्त्र पाटीकी नेतृ समेत रहेकी शिक्षा मन्त्री श्रेष्ठले सामुदायिक विद्यालय अनुगमन गर्दै विद्यार्थीसंगै कक्षा कोठामा बसेर सामुदायिक विद्यालयको अनुभव लिएकी छिन । 

रास्वपा सुप प्रदेशका इन्चार्ज ज्ञानेन्द्र सिह महताले भीमदत्त नगरपालिका १८कटानको महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण), भीनपा ४महेन्द्रनगर बैजनाथ मावि र भीनपा ५बनगाँउको सत्यवादी माविको स्थलगत अनुगमन गर्दै शिक्षामन्त्रीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षकहरुलाई निर्देशन दिएको बताए । रास्वपा नेता महताले शिक्षामन्त्री श्रेष्ठ विद्यार्थी झै कक्षा कोठाको बेन्चमा बसेर स्थलगत कक्षा अवलोकनदेखि शिक्षक अभिभावकसंग बसेर सामुदायिक विद्यालयको स्तर बृद्धिका लागि शिक्षा र मन्त्रालय सरकारले थुप्रै पहल गरेको बताईन । शिक्षामन्त्री श्रेष्ठले राज्यकै लगानीमा संचालनमा रहेका विद्यालयको बृद्धि विकासका लागि सरकारले जस्तै शिक्षकले समेत आ–आफ्नोबाट पहल र अभिभावकले समेत भूमिका निर्वाहमा जोडदिएकी थिईन । शिक्षामन्त्री नै विद्यालयमा आएर कक्षा अवलोकनदेखि शिक्षक, अभिभावकसग छलफल गरेपछि स्थानीय शिक्षामन्त्रीप्रति हर्षित भएका छन । 


#सुमना श्रेष्ठ

प्रतिक्रिया