Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०७८ फागुन १५ गते आइतबार

राष्ट्रिय आबिस्कार केन्द्रकाे दुई दर्जन आबिस्कार परिक्षण अन्तिम चरणमा

प्रविधि विकास वा आविष्कारका लागि तीन वर्षको समय पर्याप्त  होइन, न त लामो नै । त्यस अवधिमा भएको १०  करोड रुपैयाँ खर्च पनि धेरै  होइन । जनस्तरबाट जम्मा भएको रकम  आधार मान्ने हो भने त यो रकम निकै हो पनि । समय,  खर्चको  स्रोत र रकमका आधारमा नतिजा हेर्दा अझ सन्तोषजनक आधार देखिन्छ । राष्ट्रिय आविष्कार केन्द्रले विकास वा आविष्कार गरेका दुई दर्जन औजार तथा उपकरण परीक्षण अन्तिम चरणमा छन् ।
केही परीक्षणमा सफल भएर प्रयोगमा आइसकेका छन् । केन्द्रका अध्यक्ष डा.महावीर पुनका अनुसार केन्द्र स्थापना भएको तीन वर्ष भएको छ । अहिलेसम्म १५ करोड सङ्कलन र १० करोड  रुपियाँ खर्च भएको छ । स्वदेश तथा  विदेशमा बसेका नेपाली  तथा विदेशीको सहयोगबाट केन्द्र  चलेको छ । 

प्रतिक्रिया