Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
मसुरिया
२०७८ फागुन २६ गते बिहिबार

गैरीगंगामा हात्तिपाईले बिरुद्धकाे आैषधि खुवाइने

घनश्याम पाैडेल - गौरीगंगा नगरपालिकामा यही फागुन २८ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरुआत गरिने भएको छ । गत वर्ष दुई थरिका औषधिले खुवाइएकोमा यस पालि ‘डाइथाइल कार्बामाजिन’ (आडिए)  जुकाको औषधि ‘अल्वेन्डाजोल’ र आइभरमेकि्टन नामक तीन वटा औषधि खुवाउने भएको हो । रगत र पेटमा भएको परिजीवि जुकालाई मार्न तथा छालामा हुने लुतो/चिलाउने समस्या  र औलो लागि ती औषधि खुवाइने गरिन्छ ।
चिकित्सकका अनुसार डिइसीले रगतमा रहेको परजीवि जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्ने गर्दछन् । आइभरमेकि्टन औषधी पनि रगतमा भएको जुका तथा प्रजिबि लाइ मार्ने काम गर्ने प्रभावकारि औषधि हो । यो औषधि रोग नियन्त्रणमा ल्याउन प्रयोग गरिएको थप औषधि हो, यसले छालामा हुने लुतो/चिलाउने समस्या  र औलो लगायतका रोगमा समेत काम गर्ने चलन चल्तीमै रहेको औषधी भएको गौरीगंगाका जनस्वास्थ्य निरीक्षक इश्वरी प्रसाद भुसालले बताए ।
शुरुमा नेपालमा ६३ जिल्ला हात्तीपाइलेको जोखिममा रहेकाेमा दुई थरिका औषधिले ५३ जिल्लामा हातिपाईले संक्रमण रोक्न सक्यो तर मानिसहरूले विविध कारणले खाएर अथवा नखाएर  १० वटा जिल्लाहरूमा रोक्न नसकेपछि फेल भएका ति १० जिल्ला मध्ये मोरङ, कपिलवस्तु, दाङ, बाँके र सुदुरपश्चिम प्रदेशमा कैलाली जिल्लामा यहि फागुन २८ गतेबाट साताव्यापी अभियान संचालन गरेर तीन थरिका सुरक्षित औषधि खुवाउन लागिएको हो ।
औषधि खुवाउनका लागि गौरीगंगा नगरपालिकामा २९१ जना स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयसेविका परिचालन गरि ६५ हजार ६ सय ९२ जना नागरिकलाई औषधि खुवाइने ईश्वरी प्रसाद भुसालले जानकारी दिए ।
गएका बर्षमा उमेर समूहका आधारमा औषधि खुवाइएकोमा यस पटक उचाइको आधारमा औषधि खुवाइने छ ।
नेपालमा हात्तिपाइले नियन्त्रणका लागि सरकारले सन् २००३ देखि औषधि खुवाइरहेको छ । हात्तीपाइले रोग सङ्क्रमति पाथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । यसरोग लागेपछि मानिसलाई शारिरीकरुपमा अशक्त, असमर्थ र अपाङ्ग बनाउने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले मानिसको शरिरमा प्रवेश गरेपछि हुने गर्दछ । परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यो रोगको लक्षण देखिने गर्दछ ।
हात्तीपाइले रोग शुरूको अवस्थामा नरम वा थिच्दा थिचिने खालको सुन्निने गर्दछ भने पछिल्लो अवस्थामा छाला बाक्लो हुँदै नथिचिने खालको हुँदै जाने, ठुलो खालको सुन्निने, छालमा पत्र हुँदै जाने वा गाँठागुँठी पलाउन थाल्ने र सुन्निएको अङ्गमा मुसा पलाउने र घाउ हुँदै जाने गर्दछन् ।
सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम सञ्चालन गरेर सन् २०२६ सम्म हात्तीपाइलेका रोगीलाई एक प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । हात्तीपाइले रोग बढीजसो पुरुषको अण्डकोष सुनिने र हात तथा खुट्टा सुनिने गर्दछ ।

विश्व स्वास्थ्य संगठनसंगै नेपालले पनि सन् २०३० सम्म आम औषधि सेवनमार्फत संसारभरबाटै यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम  गरिरहेको जनस्वास्थ्य निरीक्षक भुसाल बताउँछन् ।
औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने जस्ता समस्या आएपछि औषधिले प्रभावकारी काम गर्न थालेको भन्ने बुझ्र्ने किटजन्य शाखा प्रमुख डा साहले जानकारी दिए । उनले त्यस्ता लक्षण केही घण्टामा आफै हराएर जाने र लामो समयसम्म लक्षण देखिए नजिकैको स्वास्थ्य सङ्घसंस्थामा उपचार गर्न अनुरोध गरे ।
दुई वर्ष उमेर नपुगेको बालबालिका, गर्भवती र सात दिनसम्म सुत्केरी तथा सिकिस्त विरामीले हात्तीपाइले रोग विरुद्धका ती औषधि सेवन गर्नु हुँदैन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>