Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ चैत ०८ गते मङ्गलबार

युवा अवस्थामा किन हुन्छ हृदयधात ? डा अभिषेक ठाकुर, मुटुराेग बिशेषज्ञ

पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन्, पूर्व भारतीय क्रिकेट कप्तान् सौरभ गांगुली र भारतीय हास्य अभिनेता सुनिल ग्रोवरमा के समान्ता छ ? उनिहरु सबै हार्ट अट्याक भएर पनि समयमै उपचार पाएर बाच्न सफल केही भाग्यशाली मान्छेहरुमा पर्छन्। तर हार्ट अट्याक भएर समयमा उपचार नपाउने र पाए पनि ज्यान जोगाउन नसक्नेको संख्या धेरै छ । विगत वर्षका समाचार मात्र नियाले ४० देखी ५० बर्ष मुनि हार्ट अट्याकले ज्यान गुमाउने प्रख्यात सेलिब्रिटिहरुमा भारतीय टेलिफिल्म अभिनेता सिद्धार्थ शुक्ला, दक्षिण भारतीय सुपरस्टार पुनीत राजकुमार र न्यूज़ एंकर रोहित सरदाना केही उधारण मात्र हुन। यस पंक्तिमा अस्ट्रेलियाका प्रख्यात क्रिकेटर सेन वार्न पनि परेका छन ।

शरीरिक रूपले हेर्दा फिट र स्वस्थ व्यक्तिलाई पनि कसरी यस्तो हुँदो रहेछ भनेर धेरैलाई जिज्ञासा लाग्छ। मुटु रोग कुनै पनि उमेर, लिंग, र शारीरिक बनावट भएको ब्यक्तिमा हुन सक्छ तर बिगतमा ५०-६० बर्षको उमेरमा हुने हार्ट अटक अचेल ३०-४० बर्षको उमेरमा बढ़ी देखिन थालेको छ। शारीरिक रूपले हिस्ट-पुष्ट तथा मुटु रोगको कुनै पारिवारिक हिस्ट्री नभएको युवाहरुमा पनि यस्तो हुनुको पछाडी विभिन्न जोखिम कारकहरु छन् । सामान्यतय: भन्दा युवाहरुमा मुटु रोगको यी महत्वपूर्ण कारकहरू हुन् :

१. उच्च रक्तचाप (हाई बीपी)

२. मधुमेह (डाबेटिज)

३. हाई कोलेस्ट्रोल

४. चुरोट तथा सुर्ती सेवन

५. अस्वस्थ जीवन शैली

६. वंशाणुगत कारणहरू
युवाहरुमा मुटु रोग देखिनुमा माथिका ४ र ५ मुख्य कारणहरु पाइएको छ । माथिका १, २ र ३ नम्बरका जोखिमलाई नियमित परीक्षण र औषधी सेवनले सजिलै नियन्त्रण गर्न सकिए पनि युवा वर्गमा नियन्त्रण सचेतनाको कमि अथवा नियमित परीक्षण नगराउने नेपाली बानीले गर्दा युवा वर्गमा मुटु रोगको समस्या बिकराल रूपले बढेको पाइएको छ।

मुख्यत: चुरोट र अत्याधिक मदिरा सेवन सहरी युवामा मुटु को विविन्न समस्याको मूल कारक हुन । विविन्न शोधहरुले दैनिक एउटा चुरोट सेवनले पनि हार्ट अट्याक तथा हाई ब्लड प्रेशरको जोखिम धेरै बढाउने देखाएको छ।

उच्च कोलेस्ट्रोल हृदयघातको एक प्रमुख कारण हो । मुख्यत: LDL वा bad cholesterol ले मुटुको रक्तनलीलाई साँघुरो बनाउँछ र हृदयघातको सम्भावना बढाउँछ । सन्तुलित आहार र शारीरिक व्यायामले एलडीएल स्तर घटाउँछ र हृदयघातको जोखिम पनि कम गर्छ ।

सहरी ब्यस्त जीवनशैली, अत्याधिक मानसिक,तनाव, अस्वस्थ खानपिन र शरीरिक रूपमा ब्यायामको कमि सहरी युवाहरुमा कम उमेरमा नै मुटु रोगका प्रमुख कारण देखिएका छन । एउटा स्वस्थ व्यक्तिले हप्ताको पाँच दिन ३० मिनेट ब्यायाम अथवा सामान्य गतिमा ३० मिनेट हिड्नु आवश्यक हुन्छ। तर ब्यस्तताले गर्दा अथवा स्वास्थ्य प्रति गम्भीर नहुँदा २४ घण्टा मा दैनिक आधि घण्टा पनि आफ्नो स्वास्थ र भविष्यको लागि निकाल्न युवाहरुमा गार्हो हुने गरेको छ।

खानपिनमा धेरै जस्तो घर बाहिरको अस्वस्थ खाने बानीले यो समस्याले झन् विकराल रूप लिएको पाइएको छ। यसले प्रेशर, कोलेस्ट्रोल बढाउनको साथै अत्याधिक तौल बढाएर मुटु तथा मस्तिस्कको अट्याकको (Stroke) जोखिम पनि धेरै बढाउने गर्दछ। समान्यत: खानाको एक भागमा फलफुलको सेवनले प्रेशर, कोलेस्ट्रोल तथा भविष्यमा हुन सक्ने हार्ट अट्याकको जोखिम धेरै हद सम्म कम गर्ने देखाएको छ। त्यसै गरी माछा मासु खानेहरुले अत्याधिक रेड मीट (mutton, buff, pork) को सेवन पनि कम गर्नु पर्ने देखिन्छ। रेड मीटले दीर्घकालिन रूपमा उच्च रक्तचाप, कोलेस्ट्रोलको समस्या बढाउने गर्दछ।

युवावस्थामा मुटु रोगबाट कसरी बच्ने

चुरोट, सुर्ती र मदिरा को अमल नगर्ने

स्वस्थ जीवनशैली र व्यायाम गर्ने बानी अपनाउने

रेड मीट (mutton, buff, pork) को सेवन कम गर्ने

प्रेशर, सुगर, कोलेस्ट्रोलको समय मै सही उपचार गराउने

समय समय मा नियमित स्वास्थ्य परीक्षण गर्ने

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>