Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७८ चैत २४ गते बिहिबार

उधाेग बाणिज्य तथा आपुर्ति मन्त्रीमा दिलेन्द्र प्रसाद बडू, समस्या समाधान गरेर अगाडि बढने प्रतिबद्धता  ब्यक्त ।
फाेटाे- मा. मन्त्रीकाे फेसबुक वाल बाट

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार लगाउने बताएका छन् ।
 बिहीबार उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले आफ्नो टिममा मन्त्रालय सञ्चालन गर्नको लागि राम्रो टोली रहेको भन्दै आत्मविश्वास र प्रतिवद्धताका साथ काम गर्ने बताए ।  मन्त्री बडूले जनताले राहत महशुस गर्ने गरेर उद्योगसम्बन्धीका समस्या समाधान गर्ने योजना पनि सुनाए । 
उनले भने, ‘उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार गर्छौं । त्यसको लागि टिमवर्क चाहिन्छ । यो आत्मविश्वास र प्रतिवद्धताका साथ हामी अघि बढ्न सक्यौँ भने चुनौति समेट्नका निमित्त, सफलताका निमित्त यो मेरो लागि अवसर पनि हो । यसलाई हामीले जनताले राहत महशुस गर्ने गरेर उपयोग गर्न जरुरी छ ।

हामीले विश्व अर्थतन्त्र नै डामाडोल भइरहेको बेलामा नेपालले के तयारी गर्दैछ, कसरी यो पार गर्छ भन्ने कुरालाई पनि ध्यान राख्न जरुरी छ । हामी यसमा सफल हुन्छौँ, मलाई त्यो विश्वास छ । राष्ट्रको सम्पूर्ण क्षेत्रसँग जोडिएको यो मन्त्रालयको चुनौतिलाई पार लगाउनु पर्छ, सफल हुनुपर्छ । प्रतिवद्धता र एकतावद्ध भएर काम गर्ने हो भने हामी सफलतामा पुग्छौँ ।’
सरकारले कानून मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरेसँगै मन्त्री बडूले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।  यसअघि मन्त्री बडूले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>