Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला,लेकम
२०७८ चैत २५ गते शुक्रबार

लेकममा माओवादी केन्द्रले थाल्याे चुनावी कार्यक्रम, आधा दर्जन एमाले काग्रेस बाट माओवादी केन्द्रमा प्रबेश ।

हरि प्रसाद जाेशी -     नेकपा माओवादी केन्द्र लेकम गाउँपालिका वडा नं.०१ स्थित बडिपुरमा कार्यकर्ता प्रशिक्षण एवम् भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

वडा कमिटीका जेष्ठ सदस्य अकबर सिहं कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सदस्य, नेकपा माओवादी केन्द्र लेकम गाउँपालिका ईन्चार्ज रामदत्त जोशी हुनुहुन्थ्यो। विभिन्न टोलबाट उपस्थित नेता कार्यकर्ताहरु ले आ-आफ्नो धारणा हरु राखेका थिए भने प्रमुख अतिथि जोशीले पार्टीको धारणा राख्नुभएको थियो।
अहिलेको लडाई व्यवस्था बचाउने र व्यवस्था लत्याउने बीच भइरहेकोले गठबन्धन गर्नुपरेको उहाँले बताउनुभयो। हाम्रो लडाई कसैलाई सक्काउनु र कसैलाई बनाउनु भन्ने हुँदै होइन्। बरु हाम्रो लडाई जसको नीति उसको नेतृत्व भन्ने हो,संविधानको रक्षार्थ हो।

यसैबीच नेपाली कांग्रेस बाट बहादुर विष्ट, धौल सिंह विष्ट (२०३० देखि नेपाली कांग्रेस मा सक्रिय), विजय सिंह बिष्ट,सुरेश कार्की, धन सिंह बिष्ट र एमाले बाट प्रेम सिंह ठगुन्ना माओवादी केन्द्रमा प्रबेश गरेका नेकपा माओवादी केन्द्र लेकम गाउँपालिका सचिव तारा बोहोराले जानकारी दिनुभएको छ। पछिल्लो समय नेकपा माओवादी केन्द्र ले लेकमका सबै वडाहरुमा भेटघाट एवम् प्रशिक्षण कार्यक्रमहरु गरिरहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>