Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत २६ गते शनिबार

एमाले भिमदत्तका मेयर उमेदबार सिफारिस काे काे परे

 नेकपा (एमाले) को भीमदत्त नगर कमिटीले शनिबार मेयर पदका लागि ७ जनाको नाम सिफारिस गरेको छ ।

एमाले स्रोतका अनुसार छलफल पश्चात बैठकले ईश्वरी खरेल, कर्णबहादुर चन्द, हिरा चन्द, हरिप्रशाद जोशी, कृष्णदेब पन्त, महेश पन्त र चन्द्र कार्कीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । 

खरेल पूर्व जिल्ला अध्यक्ष तथा तत्कालिन महेन्द्रनगर नगरपालिकाका उपमेयर हुन्, चन्द जिल्ला कमिटी उपसचिव हुन् । जोशी, कृष्णदेब पन्त  र महेश पन्त पार्टीका प्रदेश सदस्य छन् भने कार्की जिल्ला कमिटी सदस्य हुन् ।    

यस्तै उपमेयरमा ५ जनाको नाम सिफारिस भएको छ । लक्ष्मी बिक, सानु बुढथापा, भारती सिंह, कमला देवकोटा र कमला भट्टको नाम प्रस्ताव गरिएको हो । जिल्ला कमिटी बैठकले यी  मध्ये तीन÷तीन नाम प्रदेश कमिटीमा सिफारिस गर्ने छ । प्रदेशले त्यसमा अन्तिम टुंगो लगाएर मेयर÷उपमेयरका उम्मेदवार घोषणा गर्ने एक नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>