Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत २६ गते शनिबार

एमाले भिमदत्तका मेयर उमेदबार सिफारिस काे काे परे

 नेकपा (एमाले) को भीमदत्त नगर कमिटीले शनिबार मेयर पदका लागि ७ जनाको नाम सिफारिस गरेको छ ।

एमाले स्रोतका अनुसार छलफल पश्चात बैठकले ईश्वरी खरेल, कर्णबहादुर चन्द, हिरा चन्द, हरिप्रशाद जोशी, कृष्णदेब पन्त, महेश पन्त र चन्द्र कार्कीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । 

खरेल पूर्व जिल्ला अध्यक्ष तथा तत्कालिन महेन्द्रनगर नगरपालिकाका उपमेयर हुन्, चन्द जिल्ला कमिटी उपसचिव हुन् । जोशी, कृष्णदेब पन्त  र महेश पन्त पार्टीका प्रदेश सदस्य छन् भने कार्की जिल्ला कमिटी सदस्य हुन् ।    

यस्तै उपमेयरमा ५ जनाको नाम सिफारिस भएको छ । लक्ष्मी बिक, सानु बुढथापा, भारती सिंह, कमला देवकोटा र कमला भट्टको नाम प्रस्ताव गरिएको हो । जिल्ला कमिटी बैठकले यी  मध्ये तीन÷तीन नाम प्रदेश कमिटीमा सिफारिस गर्ने छ । प्रदेशले त्यसमा अन्तिम टुंगो लगाएर मेयर÷उपमेयरका उम्मेदवार घोषणा गर्ने एक नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>