Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत २६ गते शनिबार

अखिल नेपाल ट्रेड युनियन महासंघको आयोजनामा राजधानी काठमाडौंमा विशाल र्यालीको आयोजना गरिएको छ । अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन ट्रेड युनियन महासंघले दरबारमार्गदेखि शहीदगेटसम्म प्रभातफेरी सहित र्यालीको आयोजना गरेको हो । माओवादी केन्द्रलाई विजय गराऔं भन्ने नारा लेखिएको गोलाकारभित्रको हाँसिया हतौडा अंकित चिुनाव चिन्ह भएको टिसर्ट सहितका माओवादी कार्यकर्ताहरुको र्याली शहीद गेटमा पुगेर कोणसभामा परिणत भएको थियो ।
 कोणसभालाई सम्बोधन गर्दै माओवादी उपत्यका विशेष प्रदेश समिति अध्यक्ष समेत रहेका मजदुर संगठनका अध्यक्ष तथा बागमती प्रदेश सांसद जगत सिंखडाले शान्ति र विकासको लागि माओवादी केन्द्रलाई जिताउन आवश्यक भएको बताउनुभयो । सिंखडाले मजदुरको पक्षमा संघर्ष गर्ने पार्टी माओवादी मात्रै भएको भन्दै माओवादीकै एजेण्डामा देश अगाडि बढिरहेकाले जसको नीति र एजेण्डा छ उसैको नेतृत्व हुनुपर्ने दावी गर्नुभयो । उहाँले सरकारले गरेको उपभोग्य पदार्थको मुल्य वृृद्धि तत्काल फिर्ता गर्न तथा मजदुरको तलब बढाउन पनि माग गर्नुभयो । सिंखडाको भनाई थियो मजदुर र श्रमिक जनताको ढाड सेक्ने गरी भएको मुल्य वृद्धि तत्काल फिताए नगरे हामी कडा संघर्ष गर्न बाध्य हुन्छौं । उहाँले माओवादीलाई जिताउन लाखौं मजदुरहरु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको सन्देश आजको र्यालीले दिएको बताउनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>