प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन पूर्वअर्थमन्त्रीहरूलाई सहभागी गराएर मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ।
केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज होटल हिमालय कुपन्डोलमा मध्यान्ह १२:३० बजे पत्रकार सम्मेलन गर्न लागिएको छ।
उनले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गरिने बताए।
कार्यक्रममा एमालेका नेतासमेत रहेका पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा सहभागी हुने बताइएको छ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र बिग्रँदै गएको बताएका थिए।
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोलगायत समसामयिक विषयमा पनि एमालेले आज धारणा राख्न लागेको छ।
बिहीबारको मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया