Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला, लेकम
हरि प्रसाद जोशी
२०७८ चैत २९ गते मङ्गलबार

लेकम गाँउपालिकामा पुनः जाेशिकाे उमेदबारि तय ।

दार्चुलाको लेकम गाउँपालिकामा नेकपा (एमाले) को तर्फबाट गाउँपालिका अध्यक्ष पदमा परमानन्द जोशी उम्मेदवार चयन हुनुभएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा लेकम गाउँपालिका अध्यक्षमा निर्वाचित जोशीलाई नै पुनः उम्मेदवार बनाउने सहमति भएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्षमा पनि वहालवाला उपाध्यक्ष माधवी जोशी दोहोरीने चर्चा छ । उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष जोशी र एमाले जिल्ला कमिटी सदस्य सुशिला अवस्थीले आकांक्षा देखाएका छन् । गाउँपालिका अध्यक्षमा परमानन्द जोशीलाइ उम्मेदवार बनाउने विषयमा सहमति जुटिसकेको छ, एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामीले भन्नुभयो, उपाध्यक्षका लागि आकांक्षिहरुबिच छलफल भइरहेको छ ।

२०२१ साल पुष २२ गते लेकम गाउँपालिका–५ रिठाचौपाता मैखोली, दार्चुलामा जन्मिनुभएका अध्यक्ष जोशीले २०३६ सालमा बहुदलको प्रचारमा सक्रिय सहभागिता जनाउदै राजनीतिमा प्रवेस गर्नुभएको थियो । २०४६ सालदेखि खुला राजनीतिक सक्रियता देखाएका जोशी २०४७ वैशाख ११ गते रिठाचौपातामा नेकपा माले इकाइ कमिटी सचिव हुँदै त्यसपछि इलाका इन्चार्ज, जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य र जिल्ला कमिटी उद्योग फाँट प्रमुख लगायत विभिन्न जिम्मेवारी निर्वाह गर्दै आइरहनुभएको छ ।

२०४९ र २०५४ सालमा रिठाचौपाता गाबिस उपाध्यक्षमा निर्वाचित जोशी २०७४ सालमा लेकम गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । लेकमका अधिकासं विद्यालय स्थापनामा भूमिका निर्वाह, पाँच वटा विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेको, विभिन्न संघ, संस्थामा आवद्धता हुँदै समाजसेवा मा सक्रिय जोशीले बहुमतका सरकार हुँदा सोचेअनुसार काम पुरा गर्न नसकेको बताउदै समृद्ध लेकमको सपना सकार पार्न एक पटक पुनः गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिन चाहेको बताउनुभएकाे छ  । एक पटक पुनः मतदान गरेर लेकमबासी जनताले लेकमको विकास र लेकमाली जनताको सेवा गर्ने अवसर दिनेमा आशावादी रहेको जोशीको भनाई छ ।

अध्यक्ष जोशीले सडक, विद्युत विस्तार लगायत केही कामहरुमा आफ्नो कार्यकालमा उल्लेख्य काम भएको बताउदै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पुर्वाधार, आर्थिक र सामाजिक विकासको क्षेत्रमा नेपाली कांग्रेशबाट निर्वाचित जनप्रतिनिधिको असहयोगका कारण सोचेअनुसार काम गर्न नसकेको बताउनुभयो । पालिकामा बहुमतसहित निर्वाचित भएर लेकमको विकासका लागि आफुले परिकल्पना गरेका योजना, कार्यक्रम तथा सपनाहरु पुरा गर्न चाहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>