Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७८ चैत २९ गते मङ्गलबार

राष्ट्र बैङ्कले आज सार्वजनिक गरेकाे बिवरण अनुसार कस्ताे छ अवस्था ।
फाईल तस्बिर

नेपाल राष्ट्र बैंकले ८ महिनाको आर्थिक तथा वित्तीय स्थितिको पछिल्लो विवरण सार्वजनिक गरेको  छ। मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा अर्थतन्त्रका प्रायः सबै सूचकहरू नकारात्मक देखिएका छन्। विगत ८ महिनामा व्यापार घाटा बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ३ दशमलव ३ प्रतिशत रहेको थियो । यस्तै, २०७८ फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। 

२०७७ फागुन महिनाको तुलनामा २०७८ फागुनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल,तरकारी,दुधजन्य उत्पादन तथा खण्डा र दाल तथा गेडागुडी उपमूहको मृल्यवृद्धि क्रमश २६.३४ प्रतिशत,१३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ। 

२०७८ फागुनमा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत,तराईमा ७.३६ , पहाडमा ७.६९ र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति रहेको छ। यसअघि २०७७ फागुनमा यी क्षेत्रहरुमा क्रमश : २.५०,३.२५ प्रतिशत, ३.४० प्रतिशत र १.३१ प्रतिशत मुद्रास्फीति रहेको थियो।

साथै गैर खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीत क्रमश : १६.२७ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ। यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १.७ प्रतिशत र अमेरिकी डलरमा ३.० प्रतिशतले घटेको छ। शोधनान्तर स्थिति ५८ अर्ब ६८ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>