Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ बैशाख ०२ गते शुक्रबार

कृषि गणनामा कति क्षेत्रफलकाे खेति र के के पालेमा हुन्छ गणना ।

दार्चुलामा कृषि गणना गर्नका लागी गणक र सुपरीवेक्षकहरुलाई एक हप्ताको तालिम दिइएको छ । दार्चुलाका नौ वटै स्थानीय तहबाट छनोट भएका सुपरीवेक्षक र गणकहरुलाई चैत २५ गते शुक्रवारदेखि वैशाख २ गते शुक्रबार (आज) सम्म तालिम दिइएको हो । कृषि गणनाको सार, कृषि योजनाको पुर्वाधार भन्ने नाराका साथ जिल्ला कृषि गणना कार्यालयको आयोजनामा सञ्चालित एक हप्ता तालिम सम्पन्न भएको तालिममा सहभागि सुशिला खडायतले जानकारी दिनुभयो ।

दार्चुलामा २९ हजार १८६ घरधुरीमध्ये २४ हजार ५ सय घरधुरीमा कृषक रहेको तथ्याङ्क छ । जिल्लामा राष्ट्रिय कृषि गणनाका लागी सबै स्थानीय तहबाट गरी १२२ वटा गणना क्षेत्र निर्धारण गरिएको छ । यहि वैशाख ६ गते देखि जेठ १९ गतेसम्म दार्चुलामा राष्ट्रिय कृषि गणना गरिने भएको छ ।

कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति, निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्माताहरूलाई सघाउ पु¥याउने उद्देश्यले राष्ट्रिय कृषि गणना गरिन लागिएको जिल्ला कृषि गणना कार्यालय दार्चुलाका कार्यालय प्रमुख शंकरदत्त भट्टले जानकारी दिनुभयो । राष्ट्रिय जनगणना जस्तै प्रत्येक १०/१० वर्षमा कृषि गणना पनि गरिन्छ । देशव्यापी रूपमा कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभाव सम्बन्धी विवरणहरू उपलब्ध गराउन, कृषिसम्बन्धी राष्ट्रियस्तरका लक्ष्य र सूचक तथा दिगो विकास लक्ष्यहरु एसडिजिएसका सूचकहरुको लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउन, कृषिसम्बन्धी अन्य सर्वेक्षणका लागि आधार तयार गर्न तथा समग्र कृषि तथ्याङ्कको स्तर बढाउन कृषि गणना गर्ने गरिन्छ ।

राष्ट्रिय कृषि गणनाले घर परिवारले गरेको कृषिकार्य, संस्थागत, कृषि कार्य, सरकारी, अर्धसरकारी, सहकारी, व्यवसायीहरूले गरेका कृषि कार्य, वडागत सामुदायिक कृषि सम्बन्धी कृयाकलापहरूलाई समेट्ने बताइएको छ । हिमाल र पहाडका जिल्लामा कम्तीमा ४ आना र तराईका जिल्लामा कम्तीमा ८ धुर क्षेत्रफलमा बाली लगाएको भएमा वा जुनसुकै उमेरका कम्तीमा एउटा गाई–भैँसी जस्ता ठूला चौपाया पालेको भएमा तथा कम्तीमा ५ वटा भेडा–बाख्रा जस्ता साना चौपाया पालेको भएमा र माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पन्छी (कुखुरा, हाँस) पालेको भएमा कृषि चलन मानिने कार्यालय प्रमुख भट्टले बताउनुभयो ।

नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना भएको थियो । दार्चुलामा कृषि गणनाको तयारी अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख भट्टको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>