Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ०५ गते सोमबार

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पूर्णता पाएको छ।

गत असोजमा अखिल क्रान्तिकारीको अधिवेशन भएको थियो। अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो।

शनिबार र आइतबार बसेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', फ्रयाक्सन इन्चार्ज हितमान शाक्यसहितको अखिल क्रान्तिकारी केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुंगो लगाएको हो।

अधिवेशन भएको सात महिनापछि अखिल क्रान्तिकारीको पदाधिकारीले पूर्णता पाएको हो। पदाधिकारी ४१ सदस्यीय बनेको छ।

जिपि मैनाली, इन्द्र भुसाल, टुकमान महरा, मिलन एमसी, केशव रावलसहित १९ जना उपाध्यक्ष बनेका छन्। महासचिवमा दिपेश पुन, सचिवमा  भिम भट्ट लगायत भएका छन्।

कोषाध्यक्ष भुषण शाही बनेका छन् भने १९ जना सचिव चयन भएका छन्।

अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुने भनिए पनि अहिले १ सय ९९ सदस्यीय छ। सय जना चयन बाँकी नै छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>