Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ०५ गते सोमबार

आसन्न स्थानिय तहको निर्वाचन नजिकिएसंगै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा एकीकृत समाजवादीले मेयर उपमेयर सहित अधिकांश वडामा आफ्ना उम्मेदवार टुंगो लगाएको छ । एकीकृत समाजवादी शुक्लफाँटा नगर कमिटिले सर्वसम्मत मेयरमा प्रदेश कमिटि सदस्य एंव अनेरास्ववियू केन्द्रिय उपाध्यक्ष माधव पन्त र उपमेयरमा जिल्ला कमिटि सदस्य सिर्जना भण्डारीलाई उम्मेदवार बनाएको हो । 


जिल्ला कमिटि सदस्य सिर्जना भण्डारिका अनुसार वडा नम्बर १ मा तीन जना वडाध्यक्षका आकांक्षी रहेका छन् । नगर कमिटि अध्यक्ष हरीश विष्ट,प्रकाश कुँवर र मदन विष्टले वडाध्यक्षमा आकांक्षा देखाएका हुन् । यस्तै वडा नम्बर ४ मा हर्क वि.सी. र मिठ्ठु रानाले वडाध्यक्षको उम्मेदवारका लागि आफुलाई उभ्याएका छन् । वडा नम्बर १० मा पनि पुष्कर राना र बल बहादुर सिंह वडाध्यक्षका आकांक्षी छन् । त्यसैगरी वडा नम्बर ११ मा वडाध्यक्षका लागि तीन जनाले आकांक्षा व्यक्त गरेका छन् ।

 

नेकपा एकीकृत समाजवादी प्रदेश कमिटि सदस्य रनसिंह सुनार,नगर इन्चार्ज दिल बहादुर बुढा र जिल्ला कमिटि सदस्य जय बहादुर विष्टले आकांक्षा देखाएका छन् । आकांक्षीहरु धेरै भएकाले जिल्लामा पठाइने र जिल्लाले उम्मेदवारहरुको निर्णय गर्ने जिल्ला कमिटि सिर्जना भणेडारिले बताउनु भयाे । उनका अनुसार अन्य वडाहरुमा भने वडाध्यक्षको टुंगो लागिसकेको छ । यस्तै भण्डारिले शुक्लाफाँटा नगरपालिकामा सम्मानजनक गठबन्धनका लागि आफुहरु बाधक नबन्ने बताए । शुक्लाफाँटामा हाम्रो पार्टीले सम्मानजनक गठवन्धनको ढोका खुल्ला राखेको छ भणडारि भने, गठवन्धन नहुदा शुक्लाफाँटामा नेकपा(एकीकृत समाजवादी) एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने सामर्थ्य राख्ने र शुक्लाफाँटामा एकीकृत समाजवादी बलियो रहेको बताउँदै आफुहरुको जित सुनिश्चित रहेको जनाकारी भण्डारिले दिए । स्थानिय तहको निर्वाचन यही वैशाख ३० गतेका लागि ताेकिएकाे छ  ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>