Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ बैशाख ०५ गते सोमबार

कसैलाई भ्रम नहोस् निर्वाचन सर्दैन : प्रचण्ड
फाईल तस्बिर


आसन्न स्थानिय तहको निर्वाचन सर्ने बिषयमा हुने गरेका हाे हल्ला का बिषयमा नेकिा माओवादि केन्द्रका अध्यक्ष प्रचण्डले बैसाख ३० गते तोकिएको चुनाव नसर्ने पत्रकार सम्मेलनमा बताएका छन ।

सबै राजनीतिक दलहरु सक्रियतापुर्वक आ–आफ्नो स्थिति सुदृढ गर्नको लागि देशव्यापी अभियानमा लागिसकेका पनि छन् । तर बिचबिचमा विभिन्न व्यक्ति र समुहहरुले र आम जनताले पनि निर्वाचन के हुन्छ भनेर पनि विभिन्न आशंकाको रुपमा हेर्ने गरिएको छ । म चाहिँ बडो ढुक्कसँग के भन्न चाहन्छु भने निर्वाचन सर्दैन । निर्वाचन बैसाख ३० गते नै हुन्छ । म गठबन्धनको बैठकबाट नै यहाँ उठेर आएको छु र गठबन्धन पुरै इमान्दारीताको साथ निर्वाचनको तयारीमा जुटिरहेको छ ।

त्यसकारण निर्वाचन कहिँकतै सर्ने सम्भावना वा गुन्जायस देखिएको छैन । तर नेपालमा र हामी नेपालीमा के बिडम्बना देखिन्छ भने निर्वाचन हुने दिन विहान पनि होइन निर्वाचन सर्छ रे नी भन्ने हल्ला र चर्चा हुने खालको बडो विचित्रको संस्कार देखिने गरेको छ । म पत्रकार मित्रहरुमार्फत आम नेपाली जनता र सबै राजनीतिक दललाई भन्न चाहन्छु निर्वाचन सर्दैन । कम्तिमा हामी गठबन्धन र सरकारको कुनै पनि निकाय निर्वाचन सार्ने कुनै मनसायमा छैन र गठबन्धन सम्पूर्ण रुपले निर्वाचनको तयारीमा लागेको छ । देश निर्वाचनमा होमिइसकेको छ र गठबन्धन पनि पुरै निर्वाचनमा इमान्दारीतासाथ लागेको छ ।

आज हामी देशका ६ वटा महानगर र उपमहानगरको विषयमा बेलुकासम्म गठबन्धनको मोडालिटि निश्कर्षमा पुर्याउँछौं । महानगरको विषयमा झण्डै झण्डै टुंगिने बेलामा म यहाँ आएको हो । हामीले गाउँपालिका र नगरपालिकासम्मको विषयमा अधिकार प्रत्यायोजन गरेर तल दिइसकेका छौं । त्यसैले निर्वाचन सर्दैन र सर्न दिइन्न । जति कुरा मिडियामा निर्वाचन सर्ने विषयमा आएका छन् ति सबै अनुमानकै भरमा आएका छन् त्यसमा कुनै सत्यता छैन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>