Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ बैशाख ०६ गते मङ्गलबार

स्थानिय चुनावमा बेतकाेट १ मा माओवादि केन्द्रका उमेदबारहरुकाे प्रतिबद्धता पत्रमा के के छन ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेतकाेट नगरपालिका १ का उमेदबारहरुले प्रतिबद्धता घाेषणा गरेका छन ।

आसन्न स्थानिय चुनावका लागि बेतकाेट १ का माओवादि केन्द्रका उमेदबारहरुले प्रतिबद्धता घाेषणा गरेका छन ।
उमेदबारहरुले स्थानिय सरकार संचालन ऐन २०७४ को क्षेत्राधिकारमा रही १ नं वडा लाई १ सय घरधुरी बराबर १ टोल विकास समितिको अवधारणा बनाई सबै वर्ग समुदायलाई विकासमा समान पहुँच पुगाउन पहल गर्ने गरि ६ ओटा बिषयमा प्रतिबद्धता घाेषणा गरेका छन ।

अध्यक्षका उमेदबार दल बहादुर धामिले समतामूलक विकास तथा गरिवि न्युनिकरण, कृषि तथा पशुपक्षि विकासमा व्यावसायिकरण र आधुनिकिरण,कृषि यन्त्रमा रहेको एकाधिकार तोडन १ टोल विकास समितिलाई कम्तिमा १० ओटा मिनि पावर तथा पावर टिलर र १ ट्याक्टर वितरण गर्ने

छरिएर रहेको पुजीलाई एकिकत गर्दै १ टोल विकास समिति १ कृषि समूह तथा कृषि सहकारीको अवधारणा मार्फत सम्पूर्ण कृषि कार्यक्रम संचालन गर्ने , शिक्षामा वडाभित्र रहेका विद्यालयमा शिक्षकहरुलाई मन्टेश्वरिको तालिम प्रदान गरी तल्लो कक्षामा मन्टेश्वरि विधिवाट अध्यापन गर्ने,विद्यालयमा कम्प्युटरको व्यवस्था गरी इन्टरनेट जडान गर्ने,

स्वास्थ्य तथा खेलकुद , वडा क्लिनिकलाई थप व्यवस्थित गर्न आवश्यक भौतिक पूर्वाधार र यन्त्र उपकरण तथा दक्ष कर्मचारीको व्यवस्था गर्नेछौ, असाहय, गरिव पाग घरपरिवारका व्याक्तिहरुको निशुल्क उपचारको व्यवस्था गर्ने प्रतेक टोलमा वर्षको एक पटक सबैको निशुल्क स्वास्थ्य चेक जाचको शिविर संचालन गर्ने, बड़ा तथा नगरस्तरीय विभिन्न खेलकुदको आयोजना गर्नेखेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था गरी बडाबाहिरका विभिन्न खेलकुदहरुमा सहभागि गराउने, बिजेता खेलाडीहरु, समाजसेवी तथा जेष्ठ नागरीकहरुलाई पुरुष्कृत तथा सम्मान गर्ने ।

भौतिक पूवाधार निर्माण, भूक्षयबाट रोक्न राधा नदी र पथरिया नदीमा तटबन्धन गर्न प्रदेश र संघीय सरकार संग आवश्यक बजेट माग गर्ने, आवश्यक कलव, विद्यालय, मठमन्दीर, खेलकूद मैदान, विभिन्न संघस्थाका भवन र पर्खाल निर्माण गर्न
प्रदेश र संघीय सरकार संग आवश्यक बजेट माग गर्ने, सडक विस्तार, ग्राविल, हृयुमपाइप, कलभट, स्तरोउन्नती र कालो पत्रे गर्न सड़क डिवीजन कार्यालय, प्रदेश र संघीय सरकार संग आवश्यक बजेटको माग गर्ने, खेलकुद तथा विभिन्न संघस्थाका समाग्रीको व्यवस्था गर्ने, जंगल संरक्षण गर्न र वनपैदावारका लागि वन समितिसंग समन्वय गर्ने ।

रोजगारी सिर्जना गर्न घरेलु तथा कुटीर उद्योग स्थापना गरी निम्न व्यवसाय संचालन गरी बजारीकरण गर्ने, सस उद्योग टामाटर, खुसांनी,चिप्स : आलु, केरा, मसला हल्दो, अदुवा, धनिया, लसुन, प्याज, अचार आप, कागति, अमला, चुक, वयर, मूला, गाजर, खुर्सानी अचार उत्पादन बजारिकरण गर्ने, दुना टपरी साल मालु तिमला, आदीका पातबाट बनाउने , डोका डाला, निगाला, बास, वेत, कास, कस, सिरु बावियो का सामाग्रि निर्माण गरि राेजगारि सिर्जना गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।बेतकाेट १ मा माओवादि केन्द्रले सर्व सम्मत उमेदबार तय गरि सकेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>