Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
गाैरिगंगा
२०७९ बैशाख ०७ गते बुधबार

बैशाख ८ गते कैलालीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउदै: पार्टि प्रवेश कार्यक्रम हुने ।

यज्ञराज जोशी (विद्रोही)
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कैलालीको गौरीगंगा नगरपालिकामा आउने भएका छन् । विभिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउन प्रचण्ड बैशाख ८ गते गौरीगंगामा आउन लाग्नुभएको हो ।
प्रचण्ड गौरीगंगामा आउने कार्यक्रम तय भएको माओवादी केन्द्र ले जानकारी दिएको छ ।
सो कार्यक्रममा विभिन्न पार्टीका प्रभावशाली नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा स्वागत तथा सम्बोधन गर्न प्रचण्ड गौरीगंगामा आउन लाग्नुभएको माओवादी केन्द्र केन्द्रीय सदस्य लक्षिराम आचार्यले  जानकारी दिनु भएको छ । 
कार्यक्रम गौरीगंगा नगरपालिका वडा नं ८ लिक्मा मेला लाग्ने स्थानमा हुने आचार्यले बताए । विभिन्न पार्टी परित्याग गरी हजारौंको संख्यामा नेता कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।  कार्यक्रमको तयारी पूरा भएको र ८ गते हुने कार्यक्रम स्थल लिक्मा मेला क्षेत्रको माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले निरिक्षण गर्नु भएको छ । कैलालीमा २०६४ सालको जस्तै माओवादीमा जनलहर छाउने निश्चित भएको माओवादी केन्द्र गौरीगंगाका इन्चार्ज नविन धामीले बताएका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा माओवादी केन्द्रका उम्मेदवारलाई विजय गराउन माहोल बन्दै गएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>