Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७९ बैशाख ०७ गते बुधबार

दार्चुलामा प्रमुख सत्तासाझेदार दलहरु नेपाली कांग्रेश र नेकपा माओबादी केन्द्रबिच सत्ता बाँडफाँडमा सहमति जुटेको छ । दार्चुलामा रहेका ९ स्थानीय तह मध्ये दुई नगरपालिकासहित ५ पालिका प्रमुख नेपाली कांग्रेस र ४ पालिका प्रमुख तथा अध्यक्ष नेकपा माओवादी केन्द्रले पाउने भएको छ । यस्तै दुई वटा पालिक उपाध्यक्ष माओवादी केन्द्रले पाउने र सात वटा पालिका उपप्रमुख वा उपाध्यक्ष नेपाली कांग्रेसले पाउने सहमति भएको नेताहरुले बताएका छन् ।

माओबादी केन्द्रले दार्चुलाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिका अध्यक्ष पाउने बताइएको छ । नेपाली कांग्रेशले महाकाली नगरपालिका र शैल्यसिखर नगरपालिका प्रमुख तथा मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र  ब्यास गाउँपालिका अध्यक्ष पाउने सहमति भएको हाे ।
माओबादी केन्द्रले मालिकार्जुन गाउँपालिका र व्याँस गाउँपालिका उपाध्यक्ष पाउने छ भने नेपाली कांग्रेशले अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका, दुहुँ गाउँपालिका र नौगाड गाउँपालिका उपाध्यक्ष तथा महाकाली नगरपालिका शैल्यसिखर र नगरपालिका उपप्रमुख कांग्रेशले पाउनेछ ।

स्रोतका अनुसार कांग्रेशले जिल्लाका ४० बढी वडामा नेतृत्व पाउने छ भने नेकपा माओबादी केन्द्रले २० वडा पाउने पक्कापक्कीजस्तै छ । सबै वडा र पालिकामा सम्मानजनक उपस्थिति हुनुपर्ने माओबादी केन्द्रको दाबी छ । समाजवादिका तर्फवाट केही वडाहरुमा सहभागिता हुने स्राेतकाे जानकारी छ भने जिल्ला समन्वय समिति प्रमुख भने कांग्रेशको भागमा पर्ने बताइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>