सत्तारुढ गठबन्धनमा वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णयसँगै नेपाली काँग्रेसका वीरगञ्ज महानगर प्रमुखका दाबेदारहरूले असन्तुष्टि जनाएका छन् ।
२०७४ को निर्वाचनमा करिब २ हजार मतान्तरले नगरप्रमुखमा पछि परेको काँग्रेस यसपटक मुख्य दाबेदार मानिएको थियो । नेपाली काँग्रेसका वीरगञ्ज महानगर प्रमुखका दाबेदार कञ्चन झा अन्तिम समयसम्म वीरगञ्ज महानगर प्रमुखमा काँग्रेसको दाबी रहने बताउँछन् ।
केन्द्रले स्थानीय तहको भू–सतह नबुझेर गठबन्धन गरेजस्तो लागिरहेको छ, पार्टीको खुलेर विरोध गर्न नसके पनि केन्द्रसँग हाम्रो अन्तरविरोध भइरहेको छ,’ उनले भने । एक लाख २४ हजार ६७४ मतदाता रहेको वीरगञ्ज महानगरमा ३२ वडा छन् । २०७४ को निर्वाचनमा उपप्रमुखसहित १० वटा वडा जितेको काँग्रेसले यसपटक नगरप्रमुख जसपालाई छोड्नुपरे उपप्रमुखसहित कम्तीमा २५ वटा वडा पाउनुपर्ने माग गर्दै आएको थियो ।
यो गठबन्धनले वीरगञ्जमा काँग्रेसलाई ठुलो धक्का लागेको छ, हामीले आफ्ना मतदातालाई जसपालाई भोट देऊ भनेर कसरी भन्ने ?’ तराई मधेस समन्वय विभागका सदस्यसमेत रहेका झाले भने ।
काँग्रेसका नेता अजय द्विवेदीले गठबन्धनले गरेको निर्णय आफूहरूलाई स्वीकार नरहेको बताएका छन् । उनले भने, ‘जिल्ला तथा महानगर कमिटीले समेत केन्द्रलाई काँग्रेसले एक्लै चुनाव लड्न तयार छ, र चुनाव जित्छ भन्ने जानकारी गराएको थियो । तर यस्तो निर्णय आएको छ, यसले हामीलाई मर्माहत बनाएको छ ।’
यो निर्णयले वीरगञ्ज महानगरपालिकामा रहेको काँग्रेसका मतदाताको अपमान भएको भन्दै आफूहरू चाँडै बसेर यसको बारेमा कुनै निर्णय लिने उनले बताए । काँग्रेसले छुट्टै उम्मेदवारी दिन सक्छ वा अरू कुनै निर्णय हुनसक्छ भन्दै उनले पार्टीले यो निर्णयलाई सच्याउनुपर्ने माग गरे ।
यसअघि जसपाका जिल्ला अध्यक्ष र काँग्रेसका सभापतिबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भइसकेको थियो । गठबन्धनले त्यो सहमतिलाई नमानेको उनले गुनासो गरे । उनले भने, ‘दुईटा दलले छुट्टा छुट्टै चुनाव लड्ने निर्णय गरिसकेको अवस्थामा गठबन्धनले यस्तो निर्णय गर्न आवश्यकता नै थिएन ।’
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया