Samriddhipost
२०८२ भदौ ०८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ०८ गते बिहिबार

अम्बादत्त तिवारि -                                    महाकाली नदी किनारका स्थानीयले महाकाली नदी पुल र पहुँच मार्ग निर्माणमा मापदण्ड विपरित कार्य गरिएको भन्दै छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहारेका छन् । उनीहरुले छानबिन गरी ठेकेदार कम्पनीलाई कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालयमा उजुरी दिएका छन् ।
नदी किनारका दुई सय वासिन्दाले हस्ताक्षर सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा उजुरी दिएका छन् । पुल निर्माण गरि रहेको कुमार सि.एफ.सी. जेभीले पुल निर्माण र पहुँच मार्ग निर्माणमा मापदण्ड विपरित निर्माण कार्य गरी सरकारी नियम कानुनको धज्जी उडाएकाले छानबिन गर्न माग गरिएको छ ।
‘ठेकेदार कम्पनीले पुल र पहुँच मार्ग राष्ट्रिय गौरवको योजना भन्दै नियम, कानुन, मापदण्ड सबै कुराको धज्जी उडाउँदै कार्य गरि रहेको अवस्थामा हामी भीमदत्त नगरवासीको स्रोत,सम्पत्ति, माथिको दोहन २० औं करोड रुपैँया राजश्व घोटाला र मापदण्ड विपरित पहुँच मार्ग निर्माण लगायतका बेथिति विरुद्ध सचेत र कर्तव्यनिष्ठ नागरिकका रुपमा हामीले आयोगका उजुरी दिएका छौ’ स्थानीयले अख्तियारमा उजुरी दिएपछि सार्वजनिक प्रेस विज्ञप्तिमा भनिएको छ,‘हामीलाई विश्वास छ, सम्मानित संवैधानिक आयोगले यस विषयमा गम्भीर छानबिन र आवश्यक कारवाहीका लागि यथाशीघ्र कारवाही गर्ने अपेक्षा लिएका छौ ।’
अख्तियारमा दिइएको उजुरीमा यस अघि मापदण्ड अनुसार निर्माण गराउन ठेकेदार कम्पनीलाई पटक पटक खबरदारी गरिए पनि वेवास्ता गरिएकाले अख्तियार गुहार्न पुगेको उल्लेख गरिएको छ । स्थानीयले ठेकेदार कम्पनीले खबरदारीलाई समेत वेवास्ता गरी स्वेच्छाचारिता देखाएको उजुरीमा उल्लेख गरिएको छ ।
महाकाली नदीमा पुल निर्माण भएपछि ठूलो संख्यामा स्थानीय पहिलो पटक ठेकेदार कम्पनी विरुद्ध देखिएका छन् । यस अघि पनि निर्माण गुणस्तरलाई लिएर ठेकेदार कम्पनी विवादमा पर्दै आएको छ ।
भीमदत्त नगरपालिकासित रोयल्टी विवाद र पहुँच मार्ग भत्किएपछि ठेकेदार कम्पनी चौतर्फी आलोचनामा परेको छ । जिल्ला प्रशासन कार्यालय मौन बसेको छ । भीमदत्तलाई १४ करोड रोयल्टी तिर्न आनाकानी गर्र्दै आएको छ ।  नगरपालिकाले रोयल्टी रकम तिर्न पटक पटक ताकेता गर्दै आएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>