नेपाली काँग्रेस कञ्चनपुरका सह सचिव पुष्कल चौधरी माओवादी केन्द्रमा प्रवेस गरेका छन ।
काँग्रेस जिल्ला सह–सचिवमा निर्वाचित भएको बर्षदिन नपुग्दै चौधरीले पाटी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।
बिहीबार माओवादी केन्द्रले कैलालीको गौरीगंगा नगरपालिकामा आयोजित क्रान्तिकारी पाटी एकिकरण तथा पाटी प्रवेस कार्यक्रममा काँग्रेस कञ्चनपुरका सह सचिव चौधरी सहित कञ्चनपुरबाट पाँच सयले माओवादी प्रवेस गरेका छन । कञ्चनपुरका युवा नेता दिपक तिम्लिसेनाले काँग्रेस सह–सचिव चौधरी सहित सयौँ नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेस गरेको बताए । केन्द्रमा प्रवेस गरेकाहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पाटीमा स्वागत गरेका थिए ।
गत मंसिरमा सम्पन्न भएको काँग्रेस कञ्चनपुरको १४ औँ महाधिवेशनमा रमेश लेखक प्यानलबाट ६७४ मत ल्याएर दोस्रो बरियतामा सह सचिवमा निर्वाचित भएका थिए । काँग्रेस कञ्चनपुरका सह सचिवमा निर्वाचित भएका पुष्कर चौधरीले पाटीभित्र केही तानाशाही प्रवृतिले आफु माओवादीमा प्रवेस गरेको बताए । ‘मैले काँग्रेस भित्र नेता कार्यकर्ता त होईन, मानविय व्यवहार पाईएन, ‘उनले भने, ‘पाटीको पद भविष्य भन्दा मैले स्वाभिमान खोजेको हुँ ।’ संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन गर्ने चौधरीले बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया