Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
डडेल्धुरा
२०७९ बैशाख ०८ गते बिहिबार

डडेलधुरा अजयमेरु गाउँपालिका अध्यक्ष द्वारा आफुले प्रयोग गर्दै आएको गाडी फिर्ता ।

अनुप बिक्रम मल्ल -                                     स्थानिय निर्वाचन नजिकिए सँगै राजनैतिक काममा बढी प्रयोग हुने देखिएकाले विगत चार वर्ष देखि अजयमेरु गाउपालिका अध्यक्षको हैसियतले प्रयोग गर्दै आएको अजयमेरु गाउँपालिकाको गाडी गाउँपालिका कार्यालय लाइ बुझाइएको छ ।

निर्वाचन आयोगको निर्देशन अनुसार स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने निर्णय गरेको थियो ।

यसै अनुरूप डडेल्धुरा को अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्ट विकासले प्रयोग गर्दै आइरहेको गाडी फिर्ता गरेका हुन् ।

चुनाव लक्षित आचारसहिंता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा चुनावमा प्रचार प्रसार कार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोगमा रोक लगाइएको निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मा समेटेको छ ।

केही दिन अगाडि मात्र अजयमेरु गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रले पुनः उमेशप्रसाद भट्ट ‘विकास’ लाई अघि सारेको थियो। अजयमेरु गाउँ कमिटीको पूर्ण बैठकले भट्टलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

देशभरका स्थानीय तहमध्ये कार्यसम्पादनमा अजयमेरुलाई पहिलो बनाउने अध्यक्ष भट्टलाई पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको थियो । २०७४ सालको निवार्चनमा माओवादी केन्द्रले त्यहाँ ५ वडासहित अध्यक्ष र उपाध्यक्ष जितेको थियो।

अजयमेरु गाउँपालिकालाई कार्यसम्पादन मूल्यांकनमा देशकै पहिलो स्थानमा राखिएको थियो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार अजयमेरु सबैभन्दा अगाडि देखिएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>