Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
डाेटी
२०७९ बैशाख १० गते शनिबार

माओवादीबाट जोरायल गाउँपालिका–५ को अध्यक्षको उम्मेदवारमा डवल ताम्राकार

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले जोरायल गाउँपालिका वडा नं. ५ को अध्यक्षका लागि डवल ताम्राकार ‘राकेश’लाई सर्वसम्मत उम्मेदवार छनोट गरेको छ ।

नेकपा माओवादी केन्द्र जोरायल गाउँपालिका इन्चार्ज,गाउँपालिका कमिटीका पदाधिकारीको उपस्थितिमा बसेको वडा कमिटीको बैठकले माओवादी केन्द्रका जोरायल गाउँपालिका सह–इन्चार्ज समेत रहेका ताम्राकारलाई वडा अध्यक्षको उम्मेदवार सिफारिस गरेको हो ।

त्यसैगरी वडा सदस्यका उम्मेदवारहरुमा योगेन्द्र देउवा,कर्ण बोगटी,लक्ष्मी सार्की र धर्मा देउवालाई सिफरिस गरेको माओवादी केन्द्रले जनाएको छ । वडामा आफ्नो पार्टीले विकास निर्माणका कामहरु गर्दै जनताको मन जितेकाले आफ्नो जित निश्चित रहेको वडा अध्यक्षका उम्मेदवार डवल ताम्राकारले दावी गरे । उनले भने ‘हामीले वडामा जनताको मन जित्ने गरी काम गरेका छौँ,हाम्रो जित निश्चित छ ।’
‘वडामा हाम्रो पार्टीका सक्रिय सदस्यको संख्या पनि धेरै छ’ उनले भने चुनाव त माओवादीले नै जित्छ । गठबन्धनमा सहमति जुटाउने प्रयास गरिएपनि जोरायल गाउँपालिकामा सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>