Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ बैशाख १० गते शनिबार

माओवादि केन्द्र बेल्डाँडि बाट अध्यक्षका लागि ईश्वरि प्रसाद भट्ट सिफारिस ।

माओवादी केन्द्रले बेलडाँडी गाँउपालिका प्रमुखका लागि शैलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष समेत रहेका ईश्वरी प्रशाद भट्टलाई समेत अगाडि सारेको छ । समाजिक क्षेत्रमा बेलडाँडीमा परिचित ईश्वरी प्रसाद भट्टलाई अधिकाँस स्थानीयले (ईश्वरी पन्ना) रुपमा समेत चिन्छन ।

बेलडाँडीको शैक्षिक क्षेत्रमा योगदान पुर्याएका तिनै भट्टलाई माओवादी केन्द्रले प्रमुखका लागि गाँउ कमिटिबाट जिल्लामा सिफारिस गरेको हो । बि.स २०३६ साल अर्थात झण्डै चार दशकदेखि राजनीतिमा होमिएका भट्ट माओवादी केन्द्रबाट प्रमुखका प्रबल दाबेदार उम्मेदवार हुन । निरन्तर भूगोलिक क्षेत्रमा शैक्षिक, समाजिक, राजनीतिक बृद्धि विकासका लागि विभिन्न भूमिकामा रहेर काम गर्दै आएका भट्टलाई माओवादीले थप अभिभावकिय जिम्मेबारी दिन लागेको छ । पुर्व शिक्षक समेत रहेका भट्ट, शैलेश्वर माविका सदस्य र अहिले शैलेश्वर क्याम्पस संचालक समितिका अध्यक्ष हुन ।

बेलडाँडी क्षेत्रको उच्च शिक्षाको विकासका लागि शैलेश्वर बहुमुखी क्याम्पस स्थापनार्थ दुई कट्टा जमिन दान गरेका भट्ट विभिन्न समाजिक क्षेत्रमा समेत आबद्ध छन । शैलेश्वर बेलडाँडी क्षेत्रका लागि शैक्षिक हबका रुपमा चिन्छिन ।
स्थानीय तह पुर्नसंरचना हुँदा बेलडाँडीलाई बेलौरीमा गाभ्न खोज्दा बेलडाँडी छुट्टै पालिका बनाउनुपर्ने पक्षमा संघर्ष गरेका थिए ।

बेलडाँडीको हजारौँ विगाह उर्बरा जमिन सिमसारमा परिणत हुँदा पुर्नरुत्पादन, नदी नियन्त्रण, सहकारी विस्तार अभियान, आरक्षपीडितको समस्या, जनावरबाट पीडित जनताको समस्या, सीमा सुुरक्षा लगायत विवित विकास निर्माणका लागि विभिन्न सरकारी निकायमा पहल गरेका थिए ।

भट्ट माओवादी केन्द्र सुप प्रदेश प्रतिनिधी तथा पुर्व जिल्ला सदस्य हुन । माओवादीले प्रमुखका लागि अघि सारेका उम्मेदबार अर्थशास्त्र विषयमा स्नातक गरेका भट्ट भद्र,सालिन, ईमान्दार कर्तव्यनिष्ठ उम्मेदबार भएको भन्दै स्थानीयले बलिया उम्मेदवारका रुपमा हेरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>