Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
दार्चुला
२०७९ बैशाख ११ गते आइतबार

दार्चुलामा सत्ताधारि गठबन्धन ४६ वडामा काग्रेस १५ मा माओवादि

दार्चुलामा सत्तारुढ दलहरु नेपाली कांग्रेश र नेकपा माओबादी केन्द्र सम्मेलित गठबन्धनले संयुक्त पत्रकार सम्मेलन गरी भागण्डाबारे जानकारी सार्वजनिक गरेको छ ।

गठबन्धनका संयोजक एबं नेपाली कांग्रेश दार्चुलाका सभापति ललितसिंह बोहराका अनुसार पाँच पालिका प्रमुख वा अध्यक्ष, सात पालिका उपप्रमुख वा उपाध्यक्ष र ४६ वडा नेतृत्व नेपाली कांग्रेशको भागमा परेको छ । यस्तै चार गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १५ वडाको नेतृत्व नेकपा माओबादी केन्द्रले पाउने भएको छ ।

उहाँका अनुसार व्यासमा कांग्रेशले अध्यक्षसहित ६ वटै वडाअध्यक्ष र माओबादी केन्द्रले उपाध्यक्ष पाउने सहमति छ । दुहुँमा कांग्रेशले अध्यक्ष, उपाध्यक्षसहित चार वडा अध्यक्ष र माओबादीले एक वडा अध्यक्ष पाउने सहमति छ । महाकाली नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित आठ वटा वडा अध्यक्ष कांग्रेशलाई र एक वडा अध्यक्ष माओबादी केन्द्रले पाउने सहमति जुटेको छ । मालिकार्जुन गाउँपालिकामा कांग्रेशले अध्यक्षसहित छ वटा वडाअध्यक्ष र माओबादीले उपाध्यक्षसहित दुई वडा अध्यक्ष पाउने सहमति छ ।

लेकम गाउँपालिकामा अध्यक्ष माओबादी केन्द्रलाई र उपाध्यक्षसहित छ वटै वडा अध्यक्ष नेपाली कांग्रेशलाई दिने सहमति भएको छ । शैल्यशिखर नगरपालिकामा माओबादीले दुई वडा अध्यक्ष पाउने र नगरप्रमुख, उपप्रमुख सहित सात वडा अध्यक्ष कांग्रेशले पाउने भएको छ । मार्मा गाउँपालिकामा माओबादी केन्द्रले अध्यक्ष र चार वडा अध्यक्ष पाउने र कांग्रेशले उपाध्यक्षसहित दुई वडा अध्यक्ष पाउने सहमति भएको छ । अपिहिमाल गाउँपालिकामा माओबादीले तीन वडाअध्यक्षसहित गाउँपालिका अध्यक्ष पाउने र कांग्रेशले तीन वडाअध्यक्षसहित उपाध्यक्ष पाउने सहमति जुटेको छ । नौगाड गाउँपालिकामा माओबादी केन्द्रले दुई वडाअध्यक्षसहित गाउँपालिका अध्यक्ष र कांग्रेशले उपाध्यक्षसहित चार वडा अध्यक्ष लिने सहमति भएको छ ।

सबै पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरुको टुगों लागिसकेको गठबन्धनआवद्ध नेताहरुले बताएका छन् । समाजवादीलाई केही वडा सदस्य दिएर कार्यपालिकामा ल्याउने र जनमोर्चालाई पनि एक दुई सदस्य दिएर कार्यपालिकामा ल्याउने सहमति भएको कांग्रेश सभापति बोहराले बताउनुभयो । नेताहरुले दार्चुलाका नौँ वटै वडामा विजय हासिल गर्ने विस्वास व्यक्त गरेका छन् ।

यो गठबन्धनलाई अगाडीसम्म समेत लैजानका लागि सबै कुरालाई ध्यानमा राखेर भागबण्डा गरिएको माओबादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक एबं सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री मानबहादुर धामीले बताउनुभयो । सबैले इमानदारीतापूर्वक गठबन्धनलाई पालना गर्न नेताहरुले आह्वान गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>