Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ११ गते आइतबार

छलिया पञ्चेबाजागाजा सहित ईन्जिनियर सिहले भीमदत्त नगरको मेयरमा उमेदवारी दिए

पहिलो दिन ठुला राजनीतिक दल (काँग्रेस, एमाले, माओवादी, समाजवादी)ले कञ्चनपुरमा उम्मेदवारी दर्ता गराएका छैनन ।
ठुला दलको उम्मेदवारहरु नै नटुङगिएकाले उम्मेदवारी दोस्रो दिन (सोमबार) नै दर्ता हुने देखिएको छ । पहिलो दिन साना दल एव स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराईरहेका छन ।
भीमदत्त नगरको मेयरका लागि ईन्जिनियर कोमल बहादुर सिहले छलियानाच, पञ्चेबाजागाजा सहित उम्मेदवारी दर्ता गराएका छन । सिहले आफ्नो चुनाव प्रचारप्रसार सचिवालय भीमदत्त नगरपालिका १८ महेन्द्रनगर बजारदेखि निर्वाचन अधिकृतको कार्यालसम्म छलियानाच, पञ्चेबाजागाजा ¥याली निकालेर उम्मेदवारी दर्ता गराएका हुन । स्वतन्त्र उम्मेदवार  सिहले भ्रष्टाचार निर्मुल पार्ने एजेण्डा अघि सारेका छन ।
स्वतन्त्रमा  सिहसंगै कञ्चनपुरका ९ वटै पालिकामा उम्मेदबारी दर्ता काम शुरु भईरहेको छ । ‘पहिलो दिन भिडभाँड कम छ, ठुला दलका नेता कार्यक्र्ता आएका छैनन, ‘एक निर्वाचन अधिकृतले भने, ‘दोस्रो दिन भिड बढि हुने देखिएको छ ।’ कञ्चनपुरमा ९ पालिका सहित ९२ वडाका लागि ४ सय ७८ जनप्रतिनिधीका चुनिनेछन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>