Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ११ गते आइतबार

बैशाख आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले कञ्चनपुरका उम्मेदवार टुङग्याएको छ । जिल्लाका ९ वटै पालिकामा प्रमुख, उप प्रमुखका उम्मेदबार टुङग्याएको हो । एमालेले दुई पालिकामा महिला प्रमुख अघि सारेको छ । बेदकोटमा शुशिला सिह र बेलौरीका कमला बोहरालाई प्रमुखमा अघि सारेको हो ।

एमाले कञ्चनपुरमा सात पालिकामा कट्टर ओली पक्षीय नेता र केही त सिधै पाटी अध्यक्षसंग निकट राख्ने नेता कार्यकर्ताले टिकट पाएका छन । पुर्व नेपाल समुहबाट फर्किएका दुई जनाले प्रमुख पद पाएका छन । भने नेकपा हुँदा ओलीतिरै लागेर एमालेमै बसेका पुर्व माओवादीलाई भने प्रमुख र उप प्रमुख पद दिईएको छैन ।

एमाले कञ्चनपुरका एक नेताका अनुसार माओवादीबाट विभिन्न पालिकाबाट प्रमुखका लागि उम्मेदवारी दिएका नेताहरुलाई उनकै नेता प्रदेश इन्चार्ज लेखराज भट्टले साथ नदिएका कारण उनीहरु न प्रमुख न उप प्रमुखमा आएको बताए ।

‘अर्काको पाटीमा आएर राज गर्न कहाँ पाईन्छ, ‘ति नेताले भने, ‘नेपाल समुहबाट फर्किएकाहरुलाई बाह्र बजिरहेको छ, कहाँ माओवादीबाट आएकाहरुलाई टिकट दिन्छन ।’ एमाले सुदूरपश्चिम प्रदेश कमिटिका सचिव धर्मराज पाठकले कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लागेको बताए ।

पाठकका अनुसार सबैभन्दा पूरानो भीमदत्त नगरपालिकाको मेयरमा महेश प्रसाद पन्त र उपमेयरमा भुवन केसी कुुँवरलाई उम्मेदवार बनाउने निर्णय भएको छ । दोधाराचादनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द, वेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, उपमेयरमा लक्ष्मण राना, शुक्लाफाँटा नगरपालिकाको मेयरमा रणबहादुर महरा, मोनिका भण्डारी, कृष्णपुर नगरपालिकाको मेयर लोकेन्द्र प्रसाद पन्त, रमिता राना बडायक र पुनर्वास नगरपालिकाको मेयरमा पदम पुजारा, उपमेयरमा सुुशिला खत्री तथा बेलौरी नगरपालिकाको मेयरमा कमला बोहरा, उपमेयरमा जोगुराम चौधरीलाई उम्मेदवार अघि सारिएको छ ।

यस्तै बेल्डाँडाडी गाउँपालिकाको प्रमुखमा अक्कल बहादुर विष्ट, उप प्रमुखमा फूलकुुमारी राना र लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी अघि सारेको छ । एमालेले उप प्रमुख र प्रमुखका उम्मेदवार अघि सारेसंगै उम्मेदवारी दर्ताका लागि प्रकृया अघि बढाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>