Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
डडेल्धुरा
२०७९ बैशाख ११ गते आइतबार

माओवादी केन्द्रले टुङ्यायो डडेल्धुरा का ७ ओटै पालिकाका उमेदवार : कुन पालिकामा को ?

अनुप बिक्रम मल्ल -                                      नेकपा माओवादी केन्द्र डडेल्धुराले यहीँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदावर टुंग्याएको छ। माओवादी केन्द्रले आइतबार दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटै स्थानीय तह प्रमुख र उपप्रमुखको उम्मेवार टुंग्याएको हो।

माओवादीले परशुराम नगरपालिकाको नगर प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महतालाई उम्मेदावर बनाएको छ। माल परशुराम नगरपालिकाका नगर कमिटी अध्यक्षसमेत हुन्।

उनी २०७४ सालको स्थानीय तह चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग ५ सय ४५ मतले पराजित भएका थिए। साउदले ४ हजार ६ सय २९ र मालले ४ हजार ८४ मत ल्याएका थिए।

यस्तै, माओवादीले आलिताल गाउँपालिका अध्यक्ष पदका लागि शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी बोहरा रावललाई उम्मेदवार बनाएको छ। भागेश्वर गाउँपालिका अध्यक्षको उम्मेदावर विष्णुप्रसाद पाण्डेय र उपाध्यक्षमा गीता भट्टलाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ ले जानकारी दिए।

उनका अनुसार जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाको मेयरमा लक्ष्मण सिंह र उपमेयरमा शसी अवस्थीलाई उम्मेदवार बनाइएको छ। अयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार माओवादीले दोहोर्‍याएको छ।

माओवादी केन्द्रले अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडलाई पुनः उम्मेदवार बनाएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा भट्ट र भाडा अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए।

यसैगरी माओवादीले नवदुर्गा गाउँपलिकाको अध्यक्ष पदका लागि धर्मदेव विक र उपाध्यक्षमा बिष्ना बोहरा तथा गन्यापधुरा गाउँपालिका उपाध्यक्षमा चन्द्रबहादुर मल्ललाई उम्मेदावर बनाएको छ। त्यहाँ अध्यक्षको उम्मेदवार भने माओवादीले टुंग्ल्याएको छैन।

सबै उम्मेदवारले भोलि (सोमबार) मनोनयन गर्दा गराउने जिल्ला संयोजक भट्टले जानकारी दिए। यसअघिको स्थानीय तह निर्वाचमा माओवादीले सात तहमध्ये एक स्थानीय तह जितेको थियो। जिल्लामा रहेका ५२ वडामध्ये १६ वडाध्यक्षमा माओवादी विजयी भएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>