Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख १२ गते सोमबार

नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवारी टुंग्याएको छ । ९ वटै पालिकामा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष पदमा उम्मेदवारी टुंग्याएको हो ।

‘सबै पालिकामा उम्मेदवार छनौट गरेका छौं,’ कांग्रेसका जिल्ला सचिव भीमराज भट्टले भने, ‘जिल्ला कार्य समितिले निर्णय गर्न बाँकी छ ।’ 

कांग्रेसले भीमदत्त नगरपालिकाको मेयरमा पदम बोगटी र उपमेयरमा निलम लेखकलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस जिल्ला सभापतिसमेत रहेका बोगटी २०७४ सालको चुनावमा एमालेका सुरेन्द्र बिष्टसँग पराजित भएका थिए ।

दोधारा चाँदनीको मेयरमा गोपालदत्त भट्ट र उपमेयरमा गंगा जोशीलाई उठाउने सहमति भएको छ । यसैगरी, बेदकोटको मेयरमा भोजराज बोहरा र उपमेयरमा तुलसी जोशीको उम्मेदवारी पक्का भएको छ । दुबै जनाले अघिल्लो चुनावमा पराजय भोगेका थिए ।

पुनर्वासको मेयरमा तोयानाथ शर्मा र उपमेयरमा भुलिया राना आएका छन् । अघिल्लो चुनावमा दुबै जना निरास भएका थिए । बेलौरी नगरपालिकाको मेयरमा होसियार बिष्ट र उपमेयरमा खिना भण्डारीलाई उम्मेदवार बनाएको छ ।

यी दुबै अघिल्लो चुनावमा पराजित भएका थिए । यसैगरी, कांग्रेसले शुक्लाफाँटाको मेयरमा चिन्तामणी भट्ट, उपमेयरमा कल्पना पन्त, कृष्णपुरको मेयरमा हेमराज ओझा, उपमेयरमा द्रोपदी रानालाई उम्मेदवार बनाएको छ ।

लालझाडी गाउँपालिकाको अध्यक्षमा श्रीकृष्ण राना उपाध्यक्षमा राधा राना र बेलडाँडीको अध्यक्षमा हरिषचन्द्र रानालाई कांग्रेसले उम्मेदवार बनाएको छ । कांग्रेसले २०७४ सालको स्थानीय निर्वाचनमा चुनाव हारेकालाई फेरी मौका दिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>