कतै गठबन्धन त कतै टिकट विवादले स्थानीय तहको निर्वाचनको आज उम्मेदवारी दिने अन्तिम दिन धमाधम स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
टिकट वितरणमा पारदर्शी नभएको भन्दै नेपाली कांग्रेस नेतृ नितु भट्टले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकि छन् ।
भीमदत्त नगर कमिटी सचीव समेत रहेकी भट्टले उप मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको उम्मेदवारीले कांग्रेस भीमदत्तमा तरंग उत्पन्न गरेको छ ।
कांग्रेस भीमदत्त नगर कमिटीले उनको नाम उपमेयरमा सिफारिस गरेको थियो । तर अन्तिम समयमा आफुलाई जानकारी बिनै नाम काटेको भन्दै आपत्ती जनाईन।
“अन्तिम समयमा आएर एकाएक नाम काट्ने काम भयो” उम्मेदवारी दर्ता पछि संचारकर्मीसंग भट्टले भनिन ” टिकट वितरण पारदर्शी भएन ।”
महिला अधिकारका लागि लामो समय कार्य गर्दै आएको बताउदै उनले अब आफ्नै अधिकारका लागि पार्टीमा बिद्रोह गर्नु परेको सुनाईन । ” भीमदत्तमा मैले थुप्रै सामाजिक कार्य गर्दै आएकी छु उनले भनिन् ” नगरवासिले मेरो मुल्यांकन अवस्य गर्ने छन् ।”
भट्टसंगै भीमदत्त-४ बाट कांग्रेस युवा नेता कैलाश चन्दले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया