Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख १२ गते सोमबार

टिकट बितरणमा फरक मत राख्दै दाेधारा चाँदनिकाे सम्पर्क कार्यालयमा तालाबन्दी

दोधारा चाँदनीमा नेपाली काग्रेंसको रुष्ठ समुहले सम्पर्क कार्यालय बन्द गरेका छन् ।
दोधारा चाँदनी नगरपालिका वडा नं. २ हुनैनाथ टोल स्थित रहेको नेपाली काग्रेंसको सम्पर्क कार्यालय बन्द गरेको नेपाली काग्रेंस दोधारा चाँदनी - २ का क्रियाशिल सदस्यहहरुले जानकारी दिएका छन् ।
केही दिन अघि मात्रै स्थानिय निर्वाचनलाई लक्षित गर्दै दोधारा चाँदनीको वडा नं. २ मा पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको थियो । नेपाली काग्रेंस कञ्चनपुर जिल्ला कार्यसमितिले आज बिहान वडाको उम्मेदवारको टिकट बाँडफाँट पछि वडाका नेपाली काग्रेंसका क्रियाशिल सदस्यहरुले आपत्ती जनाउदै वडा सम्पर्क कार्यालयमा पार्टीको कुनै गतिबिधी नहुने गरि बन्द गरिएको नेपाली काग्रेंसका क्रियाशिल सदस्य राजेन्द्र साँउदले बताएका छन् ।
राजेन्द्र साँउद २०३६ साल देखि नेपाली काग्रेंसमा आबद्ध रही पार्टीमा काम गर्दै आएका हुन् । टिकट बाँडफाँडमा लामो समय देखि पार्टीमा रही त्याग तपस्या गरेका नेता तथा कार्यकर्ताहरुलाई पन्छ्याएर मनमर्जी तथा एकलौटी तवरले टिकट दिने काम भएको भन्दै आपत्ती जनाउदै आज देखि सम्पर्क कार्यालय बन्द गरि उनिहरु बिरोधमा उत्रेका हुन् ।

पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरुको मर्म नबुझेर पहुँचको आधारमा वडामा टिकट बितरण गरेको बिरोध गर्दै स्थानिय निर्वाचमा मौन बस्ने समेत पार्टी पंक्तीलाई चेतावनी दिएका छन् । नेपाली काग्रेंसका क्रियाशिल सदस्य देबेन्द्र सिंह नायकले केही दिन भित्र वडामा रहेका नेपाली काग्रेंसका काग्रेंसका क्रियाशिल सदस्यले सामुहिक राजिनामा दिने तयारी भईरहेको समेत बताएका छन् । काग्रेंसले सो वडामा वडा अध्यक्षमा धनसरा चन्द, सदस्यमा द्रोपती सुनार, मनकला खनाल पुजारा, कमान सिंह धामी र महाबिर धामीलाई टिकट दिएको छ् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>