Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख १३ गते मङ्गलबार

निशुल्क अध्यापन देखि समाजसेवा हुँदै जनप्रतिनिधिमा साझा उमेदबारका रुपमा उमेदबारि ।

बेलडाँडी गाउँपालिका वडा न.२ का साझा वडा अध्यक्षका उम्मेदवार : थापा

नि:शुल्क अध्यापन ,समाजसेवा देखि जनप्रतिनिधिको यात्रामा  

 बिकाश सिंह महता
कञ्चनपुर / १३ बैशाख २०७९

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपाली वडा न.२ मा साझा गठबन्धनका तर्फबाट एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) का साझा उम्मेदवार गगन थापालाई  उम्मेदवारी दिएको छ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लाई मध्यनजर गर्दै जिल्लामा दुई दल एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बिच गठबन्धन भएको हो। जसको आधारमा जिल्लाका ९ वटा स्थानीय तहमा पालिका प्रमुख / उपप्रमुख देखि लिएर वडा सम्म भागबन्डाका आधारमा उम्मेदवारीको घोषणा गरिएका छन् ।

बेलडाँडि गाउँपालिका वडा न. २ का बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार गगन थापालाई अगाडि सारेको हो। उनी बिगतको लामो समय देखि बेलडाँडी गाउँपालिका अन्तर्गत रहेको कालिका प्राथमिक विद्यालयका पुर्व शिक्षक समेत हुन। उनले विद्यालयमा समाजसेवाका आधारमा कुनै शुल्क नलगी नि:शुल्क अध्यापन समेत गराएका थिए।
यसरी निरन्तर शिक्षक पेशा देखि हुँदै समाजसेवीमा होमिएका थापा बि.स २०५८ सालमा आरक्षपिडित भएका परिवार मध्यका उनी पनि एक हुन। 
समाजमा रहेका हरेक जनताका समस्यालाई नजिकै बाट सुक्ष्म  रुपले बुझेका थापाले निरन्तर समाजसेवा पछि अहिले  निस्वार्थ भावनाका साथ  जनमतको कदर गर्नका लागि आफ्नो जनप्रतिनिधिको यात्रालाई अगाडि सारेका छन् ।

यसरी दुई पार्टी बिच बाम गठबन्धन भएपछि बेलडाँडि गाउँपालिका माओवादी र समाजवादी विच भएको सहमती अनुरुप बेलडाँडीमा दुवै पाटीका साझा उम्मेदवारले मनोनयन दर्ता गराएका हुन । समाजवादी माओवादीका तर्फबाट साझा उम्मेदवार बेलडाँडी गाउँपालिका प्रमुखमा ईश्वरी भट्ट, उप प्रमुखमा कल्पना गिरी रहेका छन । गाउँपालिका मा ५ वटा वडा मध्य समाजवादीको वडा न.३ र ४ , नेकपा माओवादी केन्द्रको १,२ र ५ नम्बर वडा भागबन्डामा परेका छन् ।  क्रमश 
१ देखि ५ वडा अध्यक्ष साझा उम्मेदवारीहरुमा अम्मर राज खत्री, गगन थापा, सुकुन्दराज सोती, प्रकाश खत्री र कर्मु राना रहेका छन ।  संयुक्त उम्मेदवारी दर्ता गराएर माओवादी समाजवादी दुवै बाम गठबन्धनले चुनावमा होमिने प्रतिबद्धता जाहेर गरेको छ ।

जताततै चुनावी माहोलको चहलपहल बढेको छ । जसले गर्दा जनताको जनभावना बुझ्ने उम्मेदवारको खाचो रहेको ५ वर्षको  समयावधिले प्रष्ट पारेको जनमतको कदर जनप्रतिनिधिले कसरी गरे भन्ने आधारमा जनताले नजिकै बाट नियालेर गरेको मुल्यांकनको आधार हो। जसले गर्दा बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको नतिजाले प्रष्ट पार्ने देखिन्छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>