Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
डडेल्धुरा
२०७९ बैशाख १३ गते मङ्गलबार

डडेल्धुराको अजयमेरु गाउपालिका अध्यक्षपदका उमेदवारहरु : कस्ले मार्ला बाजि ?

अनुप बिक्रम मल्ल -                                   डडेलधुरा अजयमेरु गाउँ पालिकामा अध्यक्ष पदको लागि पाँच  जना चुनावि मैदानमा उत्रिएका छन् । नेकपा एमालेबाट पदम  पाल, नेपाली कांग्रेस बाट टेकराज पाण्डेय, नेकपा माओवादी केन्द्र बाट उमेश प्रसाद भट्ट ´बिकाश ` स्वतन्त्र बाट धनबहादुर साउद र राष्ट्रिय जनमोर्चा बाट प्रकाश ऐर ले   निर्वाचन अधिकृतको कार्यालयमा उ‌मेदवारी मनोनयन दर्ता गरेका छन् ।

यि मध्ये उमेश प्रसाद भट्ट पुन: दोहोरिएका हुन भने भट्ट बिगत लामो समय देखि पार्टी र जनताका माझ संघर्श गर्दै आइरहेका छन  भने उम्मेदवार नेकपा एमाले बाट पदम पाल पनि बाजि मार्ने दाउ मा लागिपरेका छन ।  स्वतन्त्र का उम्मेदवार धनबहादुर साउद पनि अघिल्लो निर्वाचनमा नेकपा एमाले बाट उम्मेदवार रहेर पालिका अध्यक्ष पदका लागि लडेका थिए उनी पनि निकटतम प्रतिस्पर्धि रहेका छन । २०७४ को स्थानिय तहको निर्वाचनमा अजयमेरु गाउपालिकाको हक मा माओवादी केन्द्रबाट उमेश भट्टले २६७१ , नेकपा एमालेबाट धनबहादुर साउदले १५४८, स्वतन्त्रबाट लोकराजले १५४८ र काङ्ग्रेस बाट कमलले ८७३ मत पाएका थिए । जस अनुसार नेकपा माओवादी केन्द्रले जित हासिल गरेको थियो ।
 जनमोर्चा का प्रकाश ऐर लगाएत अरु उम्मेदवार भने स्थानिय निर्वाचन को आधारमा  राजनितिमा पहिलो पटक चुनाबी मैदानमा आएका छन । उहाहरु राजनितिमा नयाँ अनुहार भएकाले चुनावि प्रभाव बारे आकलन गर्न नसकिने स्थानीय बताउँछन् ।
  

आसन्न स्थानिय तहको निर्वाचन नजिएकै समयमा एमाले आफैमा बिभाजित र काङ्ग्रेस भित्रको आपसी किचलो भइरहदा पनि अजयमेरुको हकमा  पालिकाका बलिया उमेदवारमा नेकपा माओवादी तर्फ  उमेश प्रसाद भट्ट ´ बिकास `   र नेका तर्फ बाट टेकराज पाण्डेय  लाई लिन सकिने स्थानीय बताउँछन् । 

यस अघिको २०७४को चुनाव मा नेकपा माओवादी बाट ´भट्ट` ले नै  जितेका थिए र राश्ट्रीय प्राकृतिक स्रोत तथा बित्त आयोग को कार्यसम्पादन मूल्याकंन मा अजयमेरु गाउपालिका देश भरी मै पहिलो नम्बर मा आएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>