निर्वाचन सुरक्षाका लागि दार्चुला र बैतडी जिल्लाको अन्तरजिल्ला स्तरीय समन्वय बैठक मंगलबार सम्पन्न भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचमा बैठक सम्पन्न भएको हो ।
यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखेर दुवै जिल्लाका अधिकारीबीच समन्वय बैठक भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । अन्तरजिल्ला स्तरीय बैठकमा स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा, भारतसंगको समन्वय लगायतका बिषयमा छलफल भएको बताइएको छ । यस्तै बैठकमा दुई जिल्लाका अधिकारीहरु बिच अवैध हातहतियार नियन्त्रण, लागू औषध नियन्त्रण, वनपैदावार चोरी निकासी नियन्त्रण, वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लगाएत शान्ती सुरक्षाको विषयमा छलफल भएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया