Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ बैशाख १५ गते बिहिबार

बिध्यार्थि र बिद्यालय ब्यावस्थापन गरेका बिष्ट १८ काे वडा अध्यक्ष दाैडमा ।

आशन्न ३० बैशाखमा हुने स्थानीय तहको चुनावका लागि कञ्चनपुरका चर्चित विद्यार्थी नेता बिरेन्द्र राज विष्टले भीमदत्त नगरपालिका १८ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन ।
नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी संयुक्त पाटीका तर्फबाट विद्यार्थी नेता विष्टले भीमदत्त नगरपालिका १८ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन ।

विद्यार्थी नेतादेखि महेन्द्रनगर नमुना विद्यालय(साधारण)को अध्यक्ष हुँदा जिल्लाको शैक्षिक क्षेत्र एव साधारण स्कुलको बृद्धि विकासमा थुप्रै योगदान पु¥याएका विद्यार्थी नेता यतिबेला वडाध्यक्षको यात्रामा रहेका छन । ०६४ सालमा आर्दश माविमा अखिल क्रान्तिकारीको इकाई अध्यक्षबाट राजनीतिक यात्रा शुरु गरेका थिए । झण्डै डेढ दशकदेखि माओवादी राजनीति यात्रामा रहेका विष्ट प्लटु अध्ययन गर्दादेखि नै राजनीतिक यात्रामा होमिएका थिए ।

बि.स २०६७ सालमा सिद्धनाथ बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी इकाई अध्यक्ष , वि.स २०७४ मा अखिल क्रान्तिकारी जिल्ला सचिव, बि.स २०७३ मा जिल्ला अध्यक्ष, ०७८मा केन्द्रीय सदस्य, ०७९ मा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरको सदस्यको जिम्मेबारीमा छन ।
अहिले फेरी प्रदेश सरकारले विष्टलाई महाकाली प्रदेशिक अस्पताल व्यवस्थापनको सदस्यको जिम्मेबारी दिएको छ ।
विद्यार्थी राजनीतिमा होमिदा विष्ट नेतृत्वमा थुप्रै संघर्षका कार्यक्रम भएका थिए । शैक्षिक विकास र विकृत हटाउन योगदान पु¥याएका विष्टले समाजिक क्षेत्रमा समेत उत्तिकै चर्चा कमाएका छन । ०७२सालमा महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)को सदस्य हुँदै अहिले दुई कार्यकाल अध्यक्षको जिम्मेबारीमा छन ।

विद्यालयमा राजनीति नगर्ने सर्तमा विष्टलाई विद्यालय व्यवस्थापन समिति सदस्य बनाईएको थियो । सदस्य हुँदा नै विद्यालयको बृद्धि विकासमा योगदान पु¥याए बार्फत ०७३मा अध्यक्षको जिम्मेबारी ०७६मा पुन अध्यक्षकै जिम्मेबारीमा थिए । विद्यालयको नेतृत्वमा आएसंगै विष्टले विद्यालयमा अंग्रेजी भाषका माध्यमबाट शिक्षण, प्राविधिक शिक्षा, नमुना विद्यालय घोषणा, छात्राबास, भौतिक एव अन्य बृद्धि विकास गरेर जिल्लाकै चर्चित विद्यालय बनाउन सफल भएपछि उनलाई समाजिक क्षेत्रबाट नेतृत्वमा आउन उत्प्रेरित गरिएपछि राजनीतिक यात्रामा होमिएका छन ।

वडाध्यक्षको यात्रामा रहेका विष्टले आफुले हारेपनि जितेपनि वडाको समग्र विकासका लागि काम गर्ने प्रतिज्ञा सहित फिल्डमा खटिएका छन । ‘देशमा व्यवस्था परिर्वतन भयो, ‘उनले भने, ‘तर जनताको अवस्था उस्तै छ, त्यो परिर्वतन गर्ने मेरो मुल संकल्प हुन्छ ।’ वडाको एकीकृत विकास शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पुर्वाधार, सुकुमबासी समया समाधान गर्दैै दिगो विकास र सम्बृद्धि व्यक्ति व्यक्तिको जिवनमा परिर्वतन ल्याउने एजेण्डा तर्फ केन्द्रीत हुने उनको संकल्प छ ।

जिल्लाभरीका ९२ वटै वडामध्ये सबैभन्दा बढि मतदाता रहेको उक्त भीनपा १८ भएकाले विष्टलाई बलिया उम्मेदवारका रुपमा हेरिएको छ । विष्टको काम, मेहनत, छवी, उर्जावान उदाहरणीय व्यक्ति भएकाले उनीप्रति जनताको समेत आशा रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>