Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
झलारि
२०७९ बैशाख २४ गते शनिबार

शुक्लफाँटामा वडा अध्यक्षका प्रत्यसि सहित नेता कार्यकर्ता एमाले प्रबेश ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा एकीकृत समाजवादी परित्याग गरी सय भन्दा बढि नेताकार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादी गएका सुदूरपश्चिम प्रदेश कमिटी रनसिंह सुनार सहित नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन ।

सुनार नेकपा एकीकृत समाजवादी शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ को अध्यक्षको आँकाक्षी थिए । तर उनले पार्टीबाट वडाध्यक्षको टिकट पाएनन् । त्यस पछि शुक्लाफाँटा नगरपालिका–११ मा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

चुनाव चिन्ह ‘खरायो’ पाएका उनी अहिले वडाध्यक्षको उम्मेदवारी छोडेर पुनः नेकपा एमालेमै फर्किएका हुन ।

एकीकृत समाजवादीमा व्यक्तिवादी, स्वार्थीपना र वर्ग विरोधीसंग साँठगाठ गर्दै राष्ट्रहित विपरित सम्झौता र सत्तासञ्चालन सर्वहारा वर्ग विरोधी देखिएकाले पुनः एमालेमै फर्किएको सुनारले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादी शुक्लाफाँटा नगर कमिटी सदस्य अमर सिंह सुनार, युवा संघ नगर सदस्य जयसिंह तिरुवा, राकेश तिरुवा, इन्द्र सुनार र जंगे कामी लगायत नेताकार्यकर्ता एमालेमा फर्किएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>