Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ बैशाख २४ गते शनिबार

भट्टको प्रतिबद्धता : सडक कालोपत्रे, बिमानस्थल संचालन देखि अजयमेरुलाइ पुन: देशकै उत्कृष्ट पालिका बनाउने सम्म ।

स्थानिय तहको चुनाव लक्षित गर्दै नेकपा माओवादी  अजयमेरुले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
 कृर्षि  उत्पादन वृद्धि, प्राकृतिक सुन्दरता संरक्षण र अजयमेरुका हरेक टोलमा सडक पुर्वाधारहरु सहितको घोषणा पत्र नेकपा माओवादिले सार्वजनिक गरेको हो ।

कृषि उत्पादन बढाउन अजयमेरु गाउपालिकालाई ५ बर्ष भित्र दूध अण्डा र मासुमा आत्मनिर्भर बनाइने , प्रत्येक वडा मा कृषि तथा  पशुजन्य उत्पादनको संकलन केन्द्र स्थापना गरिने , प्रत्येक पशुवस्तुको बिमा गरि पशुधनबाट हुने हुने क्षतिलाइ न्युनिकरण गरिने , एकवडा एक उत्पादनको नीति अवलम्बन गरिने पनि नेकपा माओवादी अजयमेरुले घोषणा पत्रमा समाबेश गरेको छ ।  त्यस्तै बृहत् लिफ्ट सिँचाई आयोजना’ सिँचाइ आयोजना कार्यान्वयन गरिने निति माओवादिले घोषणापत्र मार्फत सार्वजनिक गरेको छ।

गाँउपालिकामा उपलब्ध स्थानीय स्रोत साधनहरुको सदुपयोग गरि साना तथा मझौला उधोगहरु जस्तै स्थानिय स्तर मा उपलब्ध हुने चिउरी तथा पाङर संकलन गरि सावुन उत्पादन गरिने , त्यस्तै मसला उधोग स्थापना , अमला र रिठा बाट स्याम्पु निर्माण  जस्ता उधोगहरु संचालन गर्न युवाहरुलाई प्रोत्साहन गर्ने र स्वरोजगार बनाई गरी युवालाई आत्मनिर्भर बनाउने कुरा घोषणापत्रमा उल्लेख छ।

कृषि तथा पशुपन्छी विकासका लागि कृषकहरूलाई सरकारी तथा दातृ निकाय र गैर सरकारी संस्थाहरु संगको समन्वय र सहकार्य गराई “एक गाउँ, एक उत्पादन” कार्यक्रम गर्ने जस अन्तर्गत फलफुल खेती,तरकारी खेती,मसला खेती,कुखुरापालन,बाख्रापालन मत्स्यपालन लगायतका व्यवसायका लागि पकेट क्षेत्रको रुपमा विकास गर्ने उत्पादित वस्तुको बजार खोज्ने काममा पनि गाँउपालिकाले सहयोग गर्ने प्रतिबद्धता अजयमेरु  गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार उमेश भट्ट (बिकास )ले गरेका छ । उनले अजयमेरु  गाँउपालिकालाई मौरीपालन पकेट क्षेत्र बनाइ पकेट क्षेत्रका रुपमा विकास गर्न र मह प्रशोधन केन्द्र स्थापनाका लागि समेत आवस्यक पहल गरिने घोषणापत्रमा उल्लेख छ ।

नेकपा माओवादी  अजयमेरुको घोषणापत्रमा सडकहरूको स्तरोन्नति गरी बाह्रै महिना सवारी चल्ने बनाइने, प्रत्येक टोल मा सडक र  विद्युत्‌को व्यवस्था गर्ने भार घटाउने प्रतिबद्धतासमेत गरिएको छ । गाउपालिका क्षेत्रमा रहेका साँस्कृतिक सम्पदाहरुको संरक्षण सम्बर्द्धन गरि पर्यटकीय स्थलका रुपमा  सबै क्षेत्रलाइ विकास गर्ने र अजयमेरु कोट क्षेत्रको बिकास घनिभुत रुपमा गरिने  प्रतिबद्धता उम्मेदवार भट्टले गरेका छ्न।

त्यस्तै शिक्षा र खेलकुद अन्तर्गत खेलमैदान र कभर्डहल निर्माणका योजनाहरु डिपिआर तयार पारी अघि बढाईने,विद्यालय सुधार योजनाहरु लाई पुर्णता दिने सङ्गै गाउपालिका भित्र एउटा अन्तर्राष्ट्रिय स्तरको शिक्षण सस्था स्थापना गरिने , एक बिद्यालय एक ल्यापटप ( अङ्ग्रेजी ,गणित र बिज्ञान बिषय ) कार्यक्रम संचालन गरिने , गाउपालिका स्तरमा ब्यवस्थित खेलमैदान सचालन गरिने , प्राबिधिक बिद्यालय संचालनमा ल्याइने , स्नातक तहको क्याम्पस संचालन गरिने , गाउँपालिका अन्तर्गत बहु-प्राविधिक शिक्षालय स्थापनाका लागि नेपाल सरकारका सम्बन्धित निकायमा आवश्यक पहल गरिने,अनाथ, टुहुरा, फरक क्षमता भएका र अतिविपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति, शिक्षकहरूका लागि विषयगत तालिम तथा निःशुल्क र गुणस्तरीय शिक्षामा जोड दिनेबारे समेत आफू प्रतिबद्ध रहेको उम्मेदवार भट्टले बताए।
उनले पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास र प्रचारप्रसार, कला संस्कृतिको संरक्षण, बालमैत्री, ज्येष्ठ नागरिक र अपाङ्गमैत्री पालिका समेत निर्माण गर्ने प्रतिबद्धता गरेका छ्न ।

भ्रष्टाचार र अनियमितता रोक्नका लागि पालिका अन्तर्गत संचालन हुने विभिन्न योजना तथा कार्यक्रमहरुमा पारदर्शीता र जवाफदेहीता कायम गर्न नियमतीत अनुगमन,सार्वजनिक सुनुवाई, सामाजिक लेखापरीक्षण लगायत स्थानिय मिडियाहरु र अन्य माध्यमहरु मार्फत सार्वजनिक गर्ने गरी अनुगमन गर्ने समेत घोषणापत्रमा समेटिएका छन् ।

पर्यटन विकासका लागि पुइलेक विमान स्थल  संचालनका लागि पहल गरिने ,  अनारखोली देवल सडक र गाउपालिका सदर्मुकाम सम्म सडक कालो पत्रे गर्ने र धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको स्तरउन्नती सङ्गै बिकाश गर्ने अजयमेरु माओवादिले घोषणपत्र मार्फत सार्वजनिक गरेको छ।

वन तथा वातावरणीय अवस्थालाई
ध्यानमा राखी निर्माण पश्चात् वृक्षारोपण पनि अनिवार्य रुपमा गरिने घोषणा पत्रमा उल्लेख छ।
उक्त घोषणा पत्रमा  स्वास्थ्य क्षेत्र अन्तर्गत आधारभुत अस्पताल भद्रपुरमा विशेषज्ञ सहित को सेवा ( बाहिरङ्ग , अन्तरङ्ग , प्रयोगशाला , एक्सरे , ई.सि.जि., अल्टासाउण्ड तथा २४ घण्टे आकस्मिक सेवा ) संचालन गर्ने साथै पालिका  भरिको रिफरल सेन्टर को रुपमा स्थापित गरिने , दिर्घरोगी हरुका लागि निशुल्क उपचार र औषधि निशुल्क गरिने , वडा न . ५ र ६ मा नियमित एम्बुलेन्स सेवा प्रदान गरिने , स्वास्थ्य सस्था आधुनिक प्रबिधिमैत्री र पेपरलेस प्रणालिको बिकास गरिने  समेतअध्यक्ष पदका उम्मेदवार भट्टले बाचा गरेका छ्न।

विभिन्न सडकमार्गमा पर्ने नदि/खोलाहरुमा सडक पुल निर्माण गर्ने नीति पनि नेकपा माओवादी अजयमेरुको रहेको छ जस अन्तर्गत
हाल खोलिएका सडक हरुलाइ सडक मापदण्ड अनुसार स्तरोन्न्ती गरिने , उग्रतारा मेलौली सडक स्तरोन्नती गरि कालोपत्रे गर्ने काम लाई निरन्तरता दिइने , सबै वडाको केन्द्र सम्म सडक स्तरोन्न्ती गरिने  लगाएत  अन्य आवश्यक खोलामा पक्कि पुल निर्माण गरिने र देशकै उत्कृष्ट गाउपालिकालाइ निरन्तरता दिने गरि कार्य गरिने पनि नेकपा माओवादी केन्द्र अजयमेरु गाउपालिका अध्यक्ष पदका उमेदवार उमेश प्रसाद भट्ट ( बिकास ) घोषणा पत्रमा उल्लेख गरे अनुसार काम गर्ने प्रतिबद्धता गरेका  छन । घाेषणा पत्र 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>