Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख २५ गते आइतबार

वडा बाट प्राप्त सुबिधा असाय अशक्तमा लगाउने : भाेजराज जाेशी

कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १४ मा गठबंधन सहित चुनावी माहोल गर्माएको छ । उम्मेदवारहरु घर–घरमा पुगेर मतदातालाई भेटेर मत माग्न व्यस्त छन् । माअाेवादी र एकिकृत समाजवादी पार्टी गठबन्धनबाट उम्मेदवार भाेजराज जोशी वडा अध्यक्ष पदको उम्मेदवार छन् । चुनाव चिन्ह हसिया हतौडा मा मत मागि रहेका जोशी भन्छन्  तिब्र गतिमा यहाँको विकास र व्यवस्थित हुुनुपर्ने थियो त्यो भएको छैन । मैले वडालाई व्यवस्थित  रुपमा स्थापित गरेर नमुना वडा को रूप मा विकास को अवधारणामा अगाडि बढाउन आवश्यक आधारशिला को योजना बनाएका छु ।

वडामा रहेका सामुदायिक विद्यालयको शिक्षामा आधुनिकीकरण गर्दै सबैको पहुच हुने गरी अग्रजी माध्यबाट पठन पाठन, मलखाद, विउ विजन, कृषि सामाग्री सहज रूपमा उपलब्ध गर्ने,एम्बलेन्सको व्यवस्था गर्ने आैषधि अभाव हुन नदिने, पशु उपचारका लागि औषधीको निशुल्क ब्यावस्था गर्ने, भूक्षय रोक्न तटबन्धन, स्वच्छ खानेपानी, प्रत्येक टोलमा बाइफाइ फ्री जोनको व्यवस्था गर्ने ।स्वराेजगारकाे लागि पशुपालन, माछापालन, कुखुराप गर्ने कृषकलाई विशेष अनुदान सीपमुलक तालिमको व्यवस्थापन गरि स-साना व्यवसाय स्थापना गर्ने । खेल मैदान तथा खेल सामग्रीको व्यवस्था गर्ने, कालोपत्रे गर्न बाँकी रहेका सडकहरुलाई ढल निकास सहित यथाशीघ्र कालोपत्रे गर्ने,होमस्टे सुधार,  लागि आवश्यक पहल गर्ने, अपांगता मैत्रि सेवा दिने, संस्कृति संरक्षण, लाइब्रेरीको व्यवस्थापन, एकल महिला तथा बृद्धहरुको सामाजिक सुरक्षा आवश्यकताका आधारमा घरघरमा पुयाइने, ज्यालादारीमा काम गर्ने श्रमिकहरुलाई प्रविधियुक्त तालिमका लागि विशेष योजना  बन्यजन्तुबाट हुने हानी नोक्सानीको आवश्यक क्षतिपुर्ती मागका लागि सम्बन्धीत क्षेत्रमा पहलगरि सो क्षेत्रमा वैकल्पीक खेतीको व्यवस्थामा विशेष पहल, चक्रपथ बाटाे र एक पाेल एक बत्ति ब्यावस्था गरि नमुना वडा बनाउने प्रतिबद्धता रहेकाे जाेशिले बताए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>