अरुण भट्ट -
शुक्लाफाँटा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नगर प्रमुख र उप–प्रमुख पदका उमेदवारले स्थानीय सरकारलाई ई–सरकार बनाउने आफ्नो चाहना भएको बताएका छन् । आईतबार विभिन्न चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्दै नगर प्रमुख पदका उमेदवार नवराज ऐरले आफ्नो जित संगै शुक्लाफाँटा नगरपालिकामा जनमुखी सेवा प्रवाह र पारदर्शीताका लागी ई–सरकार चालाउने बताएका छन् ।
प्रविधी मैत्री सेवा प्रवाहले जनतालाई आफ्ना सेवा घरमै बसी पाउने सरकार बनाउने चाहना रहेको बताएका छन् । चुनावी सभालाई सम्बोधन युवा नेता ऐरले ‘शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुख र उप–प्रमुख पदमा हामी युवा जोडी रहेकाले हामी युवा मैत्री र प्रविधीमैत्री सेवा प्रवाह गर्ने छौ ।’ भने । कार्यक्रम सम्बोधन गर्ने क्रममा बदलीदो प्रविधि मैत्री सेवा प्रवाहले जनताको समय र खर्च बचत हुनुको साथै पारदर्शीता हुने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख पदका उमेदवार माधव पन्तले आफुहरुले विश्व विद्यालयमा पढेको ज्ञान र सामाजीक तथा राजनितीक सम्बन्धहरुको भरपुर प्रयोगबाट शुक्लाफाँटा नगरपालिकालाई देश कै नमुना नगर पालिकाका रुपमा नेतृत्व गर्ने बताउनु भयो । नगरका सबै बिषय र क्षेत्रलाई आफुहरुको नेतृत्वले समान रुपमा सबैको सहभागीतामा विकास गर्ने उप–प्रमुख पदका उमेदवार पन्तले बताउनु भयो ।
गरिब र असाहय नागरिकको जिवन स्तर उकास्ने देखी नगरमा औद्योगीकरण, शिक्षामा प्रविधि युक्त र आधुनिक शिक्षा प्रणाली देखी किसालाई उत्पानमा आधारीत अनुदान जस्ता सयौ क्षेत्रमा नगरका जनताको समृद्धि र विकास लागी युवा जोडीले नगरपालीकाको नेतृत्व गर्नु पर्ने दावी गरेका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया