Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
झलारि
२०७९ बैशाख २६ गते सोमबार

वडा अध्यक्ष पदका उमेदवार दिपक प्रति मतदाताको चासो

अरुण भट्ट -                                           शुक्लाफाँटा नगरपालिकाको वडा नं. ७ मा वडा अध्यक्षको उमेदवारका रुपमा रहेका दिपक राज भट्टप्रती नगर भरीका मतदाताको चासो बढेको छ । वडा अध्यक्ष उठेका दिपक राज भट्ट नेकपा (माओवादी केन्द्र)को तर्फबाट शुक्लाफाँटा वडा नं. ७ मा उमेदवार छन् । कुशल नेतृत्व कर्ता तथा संगठन परिचालकका रुपमा पार्टी भित्र परिचीत रहेका भट्ट कुशल उद्योगी र व्यबस्थाकका साथै आम जनमानसमा परिचित छन् ।

अर्काको दुःख, सुखमा आम जनताका साथमा रहने वडा अध्यक्ष पदका उमेदवार दिपक राज भट्ट विद्यार्थी राजनितीका चुनाव र उद्योग÷व्याबसायीक संगठन र प्रतिष्ठानमा बहुमतका साथ निर्वाचित छन् । पार्टी राजनिती भन्दा माथी रहेर अरुपार्टी र संगठनमा समेत भट्टको चर्चा हुने गरेको छ । त्रिभुवन विश्व विद्यालयको उच्च शिक्षा हासील गरेर राजनिती गरिरहेका वडा अध्यक्ष भट्टलाई सरल स्वाभाव र सबै संग मिलनसार शिक्षीत युवा नेता भएकाले मतदाताहरु चासो र चिन्ताका साथ हेरीरहेका छन् । मतदाताहरुले वडामा पार्टी संगठन र आप्mनो मान्छे भन्दा राम्रो मान्छे चाहीएको खुसीराम चौधरीको भनाई रहेकोे छ ।
वडामा शिक्षा प्रणालीमा आमुल परिवर्तन गरि देशकै नमुना विद्यालयहरु चलाउने, सामुदायीक विद्यालयमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रणाली र समान शिक्षा प्रदान गर्ने, लोक सेवामा वडाबाट योग्य र दक्ष मानवीय जन शक्तिको उत्पादन, खेलकुदमा राष्ट्रय खेलाडी उत्पादन, उत्पादनमा आधारीत अनुदान, विकासमा सहभागीता मुलक विकास, सुशासन, प्रविधि मैत्री सेवा प्रवाह जस्ता कार्यक्रम र योजनाहरु रहेको वडा अध्यक्ष पदक उमेदवार दिपक राज भट्टले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>