बुधबार राती मतदातालाई पैसा बाँडिरहेको अवस्थामा एमालेका एक उम्मेदवारलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउपर्नेमा गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राती नै छापा हानेको थियो । प्रहरीले खानतलासीगर्दा बिसी पुगेको घरमा १ लाख १ हजार रुपैयाँ झोलामा राखेको नगद फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी रामप्रसादघर्तीले जानकारी दिए । घर्तीले घटनाबारे थप अनुसन्धान हुने जानकारी दिइए । रातोपाटी
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया