Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ भदौ ०८ गते मङ्गलबार

कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गियो, तोकिएको मितिमा महाधिवेशन हुने दाबी

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेललाई बुुझाएको छ ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन गएराति सभापति देउवालाई बुझाएको हो । देउवा निवास बूढानीलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो ।

प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरि महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताउनु भएको छ । यसैबीच, जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको नामावली सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नामावली सार्वजनिक नभएपछि मङ्गलवारदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने उनीहरुको तयारी छ ।

नामावली सार्वजनिक नभए आजैदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने उनीहरुको तयारी छ । आन्दोलन गर्ने चेतावनी पछि संस्थापन पक्षले प्राविधिक तयारी पूरा गरेर अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>