Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ १२ गते बिहिबार

दार्चुलाका २ ठाउँमा तुईन बिस्तापन गरि पुल बिहिबार  उद्धाटन

तुइन विस्थापन कार्यक्रम अन्तरगत महाकाली नदीमा निर्माण गरिएका दुई वटा झोलुङ्गे पुल संचालनमा आएका छन् । व्यास गाउँपालिका–६ बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा निर्माण सम्पन्न पुल विहिवार उद्धघाटन गरिएको हो ।

नागरिकको सहजताका लागि निर्माण सम्पन्न दुबै पुलहरू नेपाल र भारतका अधिकारीहरुको उपस्थितिमा उद्घाटन गरिएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारतको पिथौरागढ जिल्ला अधिकारी आशिष चौहान, महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी लगायत स्थानीयको उपस्थितिमा पुल उद्घाटन गरिएको हाे । एकै प्याकेजमा निर्माण सम्पन्न सीमा पुल सञ्चालनमा ल्याउन यसअघि नै निर्णय भइसकेको थियो ।

महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने भनेर स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रीज डिभिजनले चार स्थानमा झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको थियो । जसअन्तरगत बडूगाउँ र बाँकुमा गत फागुनमै झोलुङ्गे पुल निर्माण सम्पन्न भएका थिए। ती स्थान हरुमा ट्युव र तुईन प्रयाेग गरेर नेपाल भारत आउजाउ गर्ने काम भैरहेकाे थियाे । पुल उद्धाटन भएपछि स्थानिय खुसि देखिन्छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>