कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका ७ मसुरिया बजारमा लुम्बिनी विकास बैंक शाखा उद्घाटन गरिएको छ । गौरीगंगा नगरपालिकाका नगरप्रमुख देविदत्त कडेल बिहिबार एक कार्यक्रमका बीच बैंकको ८३ औ शाखाको उद्घाटन गरेका थिए । सुदुरपश्चिम प्रदेशमा ५ वटा शाखा रहेको लुम्बिनी बिकास बैंकको कैलाली जिल्लामा तेस्रो शाखा कार्यालय स्थापना गरिएको बैंकका शाखा प्रबन्धक प्रकाशराज न्याैपानेले जानकारी दिएका छन् । बैंकका संचालक समिति सदस्य केशव खतिवडाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन बैंकका बजार शाखा प्रमुख दिपक खनालले गरेका थिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया