Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ १६ गते सोमबार

बिदेश पढन जानेलाई २ प्रतिशत शैक्षिक कर लाग्ने

सरकारले विदेश पढ्न जानेसँग २ प्रतिशत शैक्षिक कर असुल्ने भएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गरेको सरकारले करको दायरा विस्तार गर्दै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरु २ प्रतिशत शैक्षिक शुल्क असुल्ने भएको हो । 

कर नीतिको बुँदा ८ को (१) बमोजिम यस्तो व्यवस्था गरेको सरकारले खण्ड (२) को उपदफा (१) बमोजिम विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैंक वा वित्तीय संस्थाले शिक्षा सेवा शुल्क बापत संकलन गरेको रकम अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ । 
(३) को उपदफा (२) बमोजिमको म्यादभित्र कुनै बैंक वा वित्तीय संस्थाले शिक्षा सेवा शुल्कको रकम दाखिला नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज असुली गरिने समेत सरकारले कानुनी व्यवस्था गरेको छ । 

तर, सोही नियमको (४) को उपदफा (१) बमोजिम सटही सुविधा लिई शिक्षा सेवा शुल्क बुझाएका तर विदेशमा अध्ययन गर्न जान नपाएका विद्यार्थीले विदेशी मुद्रा फिर्ता गरेमा शिक्षा सेवा शुल्क बापतको कर फिर्ता पाउने व्यवस्था गरिएको छ । यसका लागि आन्तरिक राजस्व विभागले तोकेको प्रक्रिया बमोजिम सम्बन्धित बैंक वा वित्तीय संस्थामार्फत फिर्ता दिइने व्यवस्था गरिएको छ ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>