Samriddhipost
२०८१ मङि्सर १३ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ १९ गते बिहिबार

भारतिय पक्षले नेपाली भुभाग कब्जा गर्न नर्सरि लगाउन तारबार गरेकाे छ ।

दोधारा चाँदनीको जामुनाघारीमा भारतिय पक्षले जग्गा अतिक्रमण कार्य अघि बढाएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं। ३ जामुनाघारी स्थित नेपाल–भारत सिमा स्तम्भ नं। १४ नजिक भारतियहरुले बृक्षरोपण गर्ने क्रममा नेपाली भुमीमा बृक्षरोपण कार्य हिजोबाट अघि बढाएपछि स्थानिय तथा जनप्रतिनिधीहरुले रोकेका छन् ।

उनिहरुले बृक्षरोपणको लागी तारवार गर्न लगाईएका पोल समेत सशस्त्र प्रहरीले उखालेर फालेका थिए । भारतिय बन बिभागले उक्त क्षेत्रमा झण्डै २ सय बिघाह चरिचरन क्षेत्रमा बृक्षरोपण कार्य गर्न लागेको हो । भारतिय पक्षहरुले झण्डै ५ बिघाह चरिचरन क्षेत्र आफ्नो बताउदै बृक्षरोपण गर्न थालेपछि स्थानियहरु तथा जनप्रतिनिधीको बिरोधका बाबजुत नेपाली भुमी जग्गामा बृक्षरोपण गर्ने कार्य रोकिएको हो ।
आजै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, वडा नं। ३ का वडाध्यक्ष हरसिंह धनाडी, नेकपा एमाले कञ्चनपुर जिल्ला सदस्य राजिव खड्का, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी ९ देबिस्थानका सशस्त्र प्रहरी निारिक्षक चन्द्र देब भट्ट सहितको टोली सिमा क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।
दोधारा चाँदनी नगरपालिका वडा नं। ३ का वडाध्यक्ष हरसिंह धनाडीले बुधबार बिहानबाट भारतिय बन बिभागले नेपाली भुमीमा बृक्षरोपणको लागी खम्बा गाड्दै गरेको अवस्थामा स्थानिहरुको सहयोगमा उक्त कार्य रोक्ने काम भएको बताएका छन् ।
चरिचरनको रुपमा रहेको झण्डै ५ बिघाह नेपाली भुमीलाई भारतियहरुले बृक्षरोपण गर्ने तयारीमा रहेको उनले बताएका छन् । ‘उनिहरुले नेपाली भुमीमा बृक्षरोपण गर्नको लागी खम्बा गाड्ने कार्य अघि बढाएका थिए । हामीले रोक्यौ’  वडाध्यक्ष धनाडीले भने । जामुनाघारीको नेपाल–भारत सिमा क्षेत्रमा भारतिय बन बिभागले ठुलो मात्रामा बृक्षरोपण कार्यक्रम संचालन गरेको छ् ।

भारतियहरुले सिमा क्षेत्रमा रहेको जामुना आधारभुत बिद्यालयलाई समेत आफ्नो देशको बिद्यालय भन्न थालेको स्थानियहरुले बताएका छन् । जामुनाघारीको सिमा क्षेत्रमा हिजो बिहान देखि भारतिय पक्षले नेपाली भुमी कब्जा गर्ने प्रयास भईरहदा दोधारा चाँदनी नगरपालिका स्थित रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट देबीस्थानको टोली मध्यरात सम्म उक्त क्षेत्रमा गस्ती बढाएको सुरक्षा श्रोतले जनाएको छ् ।

भारतियहरुले सिमा क्षेत्रमा रहेको भुमीमा बृक्षरोपण गर्न प्रयास गर्दै गर्दा सो क्षेत्र तनाव श्रजना भएको एक स्थानियहरुले बताएका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी ९देबिस्थानका सशस्त्र प्रहरी निरिक्षक चन्द्र देब भट्टले नेपाली भुमीमा भारतियहरुले गाडेको ७ वटा पोल ९खम्बा उखेलेर फालेको बताएका छन् ।

भट्टका अनुसार हिजै देखि उक्त क्षेत्रमा बिशेष निगरानी बढाउनुका साथै रिर्पोटिङ कार्य अघि बढाएका बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले सिमा क्षेत्रको अवस्था बुझ्न जामुनाघारी पुगेर स्थालगत अनुगमन गरेका छन् । नगर प्रमुख लिम्बुले भारतियहरुले सिमा क्षेत्रमा नेपाली भुमी अतिक्रमण गर्ने प्रयास भएकोमा आफुले  कञ्चनपुर प्रमुख जिल्ला अधिकारीलाई जानकारि दिएकाे र सिमामा देखिएको समस्या हल गर्न भाेलिनै बोलाएको बताएका छन् ।

दुबै देशका सुरक्षा अधिकारी तथा जनप्रतिनिधीहरुलाई एकै स्थानमा राखेर सिमा समस्या हल गर्ने आफुले प्रयास गरेको नगर प्रमुख लिम्बुले बताएका छन् । यस अघि दोधारा चाँदनी नगरपालिकाको वडा नं। ८ सुन्दरनगरमा समेत जग्गा बिबाद भएको थियो । खुला सिमा क्षेत्र  हराएको सिमा स्तम्भको कारण दोधारा चाँदनी नगरपालिकामा बेलाबखत सिमा क्षेत्रमा जग्गा बिबाद हुदै आएको छ ।

भारतिय पक्षले नै बेलाैरि नगरपालिका कलकत्ता नजिककाे क्षेत्रमा नेपाली किसानकाे पुर्जाबाला खेत भारतिय क्षेत्रमा परेकाे भन्दै खेत खनजाेतमा राेक लगाएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>