Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ २८ गते शनिबार

मेयरले आफ्नाे सुबिधाकाे गाडि अस्पताल लाई हस्तान्तरण गरे

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने सेवा सुविधा समाजको हितको लागि प्रयोग गर्ने भएका छन् । बुढाथोकीले आफ्नो पूर्व घोषणा अनुसार आफुले नगरपालिकाबाट पाउने सुविधाको बा २ झ १६२३ नं. सुविधाको गाडी चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरेका छन् । निर्वाचित हुनु अघि नगरपालिकाबाट आउने सेवा सुविधा लगायत तलब भत्ता नलिने घोषणा गरेका थिए । 

उपप्रमुखले आज एक कार्यक्रम बिच उक्त गाडी चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन् । उक्त गाडी नगर क्षेत्रभित्र रहेका जेष्ठ नागरिक, शारीरिक अशक्त, दीर्घरोगी, बिरामीहरूको सेवामा उपयोग गरिने अस्पतालले जानकारी दिएको छ । 

सो गाडीले घरदैलोमै गई बिरामीलाई चिकित्सकीय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताललाई हस्तान्तरण गरिएको हो, उपप्रमुख बुढाथोकीले भने । 

उनले पाउने तलब भत्ता पनि छुट्टै कोष खडा गरि नगर क्षेत्रका गरिव जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्ग अशक्त व्यक्तिहरुको वृद्धि विकासको क्षेत्रमा खर्च गरिने बताए ।
उद्यमशिलता एवंम स्वरोजगारका क्षेत्रमा खर्च गरिने कुरा उनको भनाइ छ । उनी नेकपा एमालको तर्फबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>