Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ०१ गते बुधबार

जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाइ उद्यमसिलतासंग जोडन १२ करोड, १ करोड ५०लाखको गुरिल्ला ट्रेल

सुदूरपश्चिम प्रदेश सरकारले जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाइ उद्यमसिलतासंग जोडनका लागि १२ करोड बजेट बिनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले बिभिन्न औधोगिक क्षेत्रहरु संग जोडदै र घाइते र अपाङ्गहरुले गर्न सक्ने किसिमका उद्योगहरु स्थापना गरेर उनिहरुलाइ आर्थिक उपार्जन संग जोडन र आत्म निर्भर बनाउन बजेटमै व्यवस्था गरेको हो ।

अन्य क्षेत्रमा बिभिन्न किसिमले बजेटको माध्यमबाट सम्बोधन हुने र खासगरी घाइते अपाङ्गको सवालमा कमै सुनुवाइ नहुने साथै उनिहरुले आर्थिक अभावका कारण बिभिन्न कठिनाइ भोग्नुपर्ने अवस्था आउने गरेका कारण यस प्रकारको समस्याको अन्त्य गर्न आर्थिक उपार्जनमा जोडन बजेटमै व्पयवस्था  गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीको भनाइ रहेको छ ।

समाजमा पछि परेका वर्गलाइ माथि उठाउने सरकरको दायित्व हुने समेत उहाले बताउनुभएको छ । घाइते अपाङ्गहरुलाइ समेत उद्यमसिलता संग जोडने गरी यति ठुलो बजेट बिनियोजन भएको सुदूरपश्चिम प्रदेश सरकारमै पहिलो पटक हो । प्रदेश सरकारले जनयुद्धको स्मरण हुने गरी चिसापानी, राकाडा, पाण्डौन,बजेडी मालिका खैरेली हुदै खानिडाडा सम्म गुरिल्ला ट्रेल निर्माण गर्ने भएको छ । यसका लागि प्रदेश सरकारले एक करोड बिस लाख बजेट समेतट बिनियोजन गरेको छ । युद्ध पर्यटनको रुपमा भाविस्यमा यसले ठूलो चर्चा पाउने र आन्तरिक तथा बाह्य पर्यटक भित्राउन ठुलो भुमिका खेल्ने आशा गरिएको छ ।

ट्रेल अर्थात पदमार्गको बिच बिचमा पर्यटकिय आकर्षणका साथै जनयु्द्धका स्मरणिय बिभिन्न प्रतिमा र घटना बिबरणका जानकारी समेत राखिने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री धामीको भनाइ रहेको छ । यसले पर्यटन प्रबद्र्धनमा समेत थप सहयोग पुग्ने छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>